Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ ७
गते ।

आईसीसी १९ वर्षमुनिको महिला टी-२० विश्वकप क्रिकेटमा नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित भएको छ। मलेसियाको बाङ्गीमा भएको खेलमा नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८ ओभर ४ बलमा ९ विकेट गुमाएर पूरा गर्यो।

स्कटल्यान्डकी पिपा स्प्रोलले ३५ रन बनाउँदै महत्वपूर्ण योगदान दिइन्। नेपालकी रचना चौधरी र सिमाना केसीले समान २/२ विकेट लिइन्।

नेपालले टस जितेर ब्याटिङ गरेको खेलमा १८ ओभर ५ बलमा मात्र ७३ रनमा अलआउट भएको थियो। नेपालका लागि पूजा महतोले सर्वाधिक २७ रन बनाइन् भने स्कटल्यान्डकी मेसे मसेराले ५ विकेट हात पार्दै उत्कृष्ट प्रदर्शन गरिन्।

यो पराजयसँगै नेपालको सुपर सिक्स चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ। यसअघि पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको थियो।

नेपालले समूह चरणको अन्तिम खेल पर्सि बुधवार अस्ट्रेलियाविरुद्ध खेल्नेछ। प्रतियोगितामा १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘डी’ मा नेपाल, अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड रहेका छन्।

हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल माघ २० गते हुने तय गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *