Skip to main content

सरकार विरुद्ध नयाँ कमला पुल निर्माण सङ्घर्ष समितिको प्रदर्शन, माग पुरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी

सामाजिक फीड– जनकपुरधाम, जेठ १८ गते । नयाँ कमला पुल निर्माण सङ्घर्ष समिति फेरि आन्दोलनमा उत्रिएका छन् । सङ्घीय सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा नयाँ कमला पुल निर्माणका लागि बजेट विनियोजन नगरिएको भन्दै उनीहरु सरकार विरुद्ध नाराबाजी गरेको छ । सिरहा र धनुषा जोड्ने कमला पुललाई राज्यले बारम्बार उपेक्षा गरेको र अहिलेको सरकारले निर्माण […]

सिरहामा विभिन्न ग्याङका नाममा आतंक मच्चाउन खोज्ने २५ जना पक्राउ

सामाजिक फीड– जनकपुरधाम, जेठ १८ गते । सिरहामा विभिन्न ग्रुप तथा ग्याङका नाममा समाजमा आतंक मच्चाउन खोज्ने २५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहा चोहर्वा सडकमा विशेष अपरेसन चलाएर प्रहरीले २१ थान मोटरसाइकलसहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार उनीहरुले किङ अफ बलान, किङ अफ भगवानपुर, किङ अफ लहान, किलर्स […]

विद्यालय जान निस्किएका १२ वर्षीय बालक सात दिनदेखि बेपत्ता

सामाजिक फीड– जनकपुरधाम, जेठ १३ गते । महोत्तरीको जलेश्वर नगरपालिका-१२ थरुवाही गाउँका १२ वर्षीय गौतम यादव विगत सात दिनदेखि बेपत्ता भएका छन्। गौतम जेठ ७ गते बिहान करिब ६ बजे घरबाट जलेश्वर नगरपालिका-२ स्थित एड्भान्स लर्नर्स हिमालयन अङ्ग्रेजी बोर्डिङ स्कुल जान निस्किएका थिए। उनी थरुवाही गाउँ निवासी आशुतोष यादव र पुनमाया यादवका छोरा हुन्। विद्यालय समय […]

मधेश प्रदेशका सबै अस्पतालमा एन्टिरेबिज भ्याक्सिनको अभाव, कुकुरले टोकेका बिरामी बिचल्लीमा

सामाजिक फीड– जनकपुरधाम, जेठ १३ गते । मधेश प्रदेशका सबै सबै अस्पतालमा एन्टिरेबिज भ्याक्सिन (एआरभी) को अभाव भएको छ । यसले कुकुरले टोकेका बिरामी कि त धेरै महँगो उपचार गराउनु परेको छ कि त नसक्नेले उपचारबाटै वञ्चित हुनु परेको छ । मधेश प्रदेशमा विगत चार महिनादेखि सरकारले एन्टिरेबिज भ्याक्सिन पठाएको छैन् । सरकारले मधेश प्रदेशका ४४ […]

धनुषा, महोत्तरी र सर्लाहीमा चार लेन सडक विस्तार सुस्त गतिमा, अहिलेसम्म कति पुल र कलभर्ट निर्माण भयो ?

सामाजिक फीड– जनकपुरधाम, जेठ ११ गते । धनुषा, महोत्तरी र सर्लाही खण्डमा महेन्द्र राजमार्गलाई चार लेनमा विस्तार गर्ने कामको गति सुस्त देखिएको छ । कमला-ढल्केबर-पथलैया सडक योजना (पूर्वी खण्ड) अन्तर्गत हालसम्म कुल २४.१५ प्रतिशत मात्रै भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । जबकी विश्व बैङ्कको १८ अर्ब ६० करोड रुपियाँ सहयोगमा सन् २०२७ भित्र राजमार्ग विस्तारको काम […]

कालिन्जोरखोलामा सम्झौताभन्दा बढी उत्खनन, ठेकेदार कम्पनीलाई जरिबाना

सामाजिक फीड– जनकपुरधाम, जेठ ८ गते । सर्लाहीको लालबन्दी नगरपालिका-१७ स्थित रानीगन्जको कालिन्जोरखोलाबाट सम्झौताभन्दा बढी मात्रामा नदीजन्य पदार्थ उत्खनन गरिएको पाइएको छ । अनियन्त्रित उत्खनन भइरहेको भन्दै स्थानीयवासीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएपछि लालबन्दी नगरपालिकाले प्राविधिक टोली खटाएर उत्खनन क्षेत्रको नापजाँच गरेको थियो । जाँचका क्रममा सम्झौताभन्दा १९ हजार घनमिटर बढी गिट्टी र बालुवा उत्खनन गरिएको […]

मधेश सरकारले मापदण्डको धज्जी उडाउँदै ३३ करोडभन्दा बढी रकम मन्दिर, मस्जिदमा खर्चियो

सामाजिक फीड– जनकपुरधाम, जेठ ८ गते । मापदण्ड विपरित मधेश प्रदेश सरकारले गत आर्थिक वर्षमा ३३ करोडभन्दा बढी रकम खर्च गरेर निर्माण कार्य गरेको पाइएको छ । महालेखापरीक्षकको आठौँ वार्षिक प्रतिवेदनले प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले पुरातात्त्विक र ऐतिहासिक परम्परागत निर्माणका मापदण्ड विपरीत मधेस प्रदेशका विभिन्न स्थानमा उक्त रकम खर्च गरेको हो । आर्थिक वर्ष २०८१.८२ […]

सिरहामा डोजर लगाएर दलित बस्ती भत्काइँँदा ५० परिवार बिचल्लीमा

सामाजिक फीड–जनकपुरधाम, जेठ ५ गते । सिराहाको नवराजपुर गाउँपालिका-४, नहरनियाँस्थित विपन्न दलित बस्तीमा गाउँपालिकाले डोजर लगाएर घर भत्काइदिएपछि करिब ५० परिवार बिचल्लीमा परेका छन् । ऐलानी जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका स्थानीयको घर वैशाख ३० गते डोजर प्रयोग गरेर भत्काइएको थियो । घर भत्काइएपछि प्रभावित परिवार त्रिपाल टाँगेर बस्न बाध्य भएका छन् । चर्को गर्मी, […]

जनकपुर उच्च अदालतले धमाधम मुद्दा फर्छ्यौट गर्दै, वैशाख महिनासम्म तीन हजार ११५ मुद्दा फर्छ्यौट

सामाजिक फीड–जनकपुरधाम, जेठ ४  गते । जनकपुर उच्च अदालतलेले न्याय सम्पादनमा तिब्रता दिएको छ । चालु आर्थिक वर्षको वैशाखसम्म तीन हजार ११५ मुद्दा फर्छ्यौट गर्दै थप मुद्दामा समेत तिब्रता देखाएको हो । अदालतले लामो समयदेखि विचाराधीन रहेका मुद्दालाई प्राथमिकताका साथ टुङ्ग्याउने अभियान पनि सञ्चालन गरिरहेको जनाएको छ । उच्च अदालतका शाखा अधिकृत गणेश पाण्डेका अनुसार पुरानो […]

सिरहामा भारतीय सुटर प्रयोग गरी एकजनाको हत्या अर्कामाथि पनि गोली प्रहार, तीन महिनाको अनुसन्धानपछि खुल्यो अपराधको पर्दा

सामाजिक फीड–जनकपुरधाम, वैशाख २९ गते । सिरहामा एउटै भारतीय सुटरको प्रयोग गरि एकजनाको हत्या र अर्का एकजनाको हत्याको प्रयास भएको खुलेको छ । सिरहा नगरपालिका–१ निवासी ४२ वर्षीय प्रेमनाथ यादवको हत्या भारतीय सुटर प्रयोग गरी योजनाबद्ध रूपमा गराइएको प्रहरीले खुलासा गरेको हो । तीन महिनासम्मको अनुसन्धानपछि प्रहरीले उनको हत्या पारिवारिक रिसइबीका कारण ‘सुपारी’ दिएर गराइएको निष्कर्षमा पुगेको […]