सन् २०२४ मा ११ महिनामा १० लाख ५५ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

सामाजिक फीड-१६ गते जनकपुरधाम नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२४ को जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग हुँदै १० लाख ५५ हजार ५३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्या सन् २०२३ को तुलनामा झन्डै १० प्रतिशतले वृद्धि भए पनि सन् २०१९ को महामारीपूर्वको स्तरमा भने पुग्न सकेको छैन। लक्ष्य प्राप्तिमा चुनौती सन् २०२४ मा १३ […]
सिरहाको मिर्चैयामा खाल्डोमा डुबेर महिलाको मृत्यु, स्थानीयको आक्रोश

सामाजिक फीड-१६ गते जनकपुरधाम सिरहाको मिर्चैया नगरपालिका-५ स्थित बजार क्षेत्रमा नालाका लागि खनेर अलपत्र छाडिएको खाल्डोमा डुबेर एक महिलाको मृत्यु भएको छ। स्थानीय २५ वर्षीया रोजिनादेवी महतो आइतबार बिहान पौने ९ बजे उक्त खाल्डोमा चिप्लिएर खसेपछि मृत्यु भएको हो। स्थानीयका अनुसार, रोजिनादेवी हातेकलमा पानी लिएर फर्किने क्रममा खाल्डोमा खसेकी थिइन्। पानीमा डुबिरहेको देखेपछि उनलाई मिर्चैया […]
विवाहपञ्चमी: जनकपुरधाममा सांस्कृतिक र धार्मिक उत्सवको उमंग

रजत कर्ण l विवाहपञ्चमी महोत्सवको समयमा जनकपुरधाममा केही विशेष परम्पराहरू छन्, जसले यो उत्सवलाई अन्य क्षेत्रका पर्वभन्दा फरक र अद्वितीय बनाउँछ । अहिले मिथिला क्षेत्रको सांस्कृतिक र धार्मिक धरोहरको प्रतीक मानिने विवाहपञ्चमी महोत्सवको क्रममा जनकपुरधाममा विशेष उत्साह र उमंग छाएको छ। सीता र रामको पवित्र विवाहको सम्झनामा मनाइने यो महोत्सव स्थानीयवासीहरू, श्रद्धालु र पर्यटकहरूको ठूलो […]
गौरमा मोबाइल चोरी गर्दै दुई जना रंगेहात पक्राउ

सामाजिक फीड-१४ गते जनकपुरधाम रौतहटको गौरमा दुईवटा मोबाइल पसलको ताल्चा फुटाएर लाखौँको मोबाइल चोरी गर्ने दुई जनालाई प्रहरी टोलीले चोरीकै क्रममा पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा राजदेवी नगरपालिका–९ ब्रहमापुरीका १९ वर्षीय शिवजी मण्डल र १८ वर्षीय नीरज मण्डल रहेका छन्। चौधरी मार्केटस्थित नेशनल मोबाइल पसल र गौर इन्टरप्राइजेजको ताल्चा फुटाएर १९ वटा मोबाइल चोरी गरेका […]
रामराजा बहुमुखी क्याम्पस प्रमुख कुशवाहाको हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ

सामाजिक फीड-१३ गते जनकपुरधाम पाँच महिना अघि गोली प्रहार गरी हत्या गरिएको रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्यामा संलग्न मुख्य अभियुक्त सुरेन्द्र कुशवाहालाई बारा प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार, अभियुक्त सुरेन्द्र कुशवाहा आदर्श कोतवाल नगरपालिका वडा नम्बर-२ स्थित आफ्नो घरबाट फर्कने क्रममा गोली प्रहार गरी हत्यामा संलग्न थिए। घटनापछि फरार रहेका कुशवाहालाई बारा […]
जनकपुरको पुरानो पर्खालमा सांस्कृतिक रङहरू

सामाजिक फीड-१३ गते जनकपुरधाम जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली)को पुरानो पर्खाललाई मिथिला पेन्टिङले सिंगार्न थालिएको छ। २०७० सालदेखि बन्द रहेको यस कारखानाको बाहिरी पर्खालमा मधेश प्रदेश सरकारले ३,५०० फिट क्षेत्रफलमा १६० फरक–फरक मिथिला पेन्टिङ बनाउने योजना सुरु गरेको छ। पेन्टिङमा मिथिलाको संस्कृति, रहनसहन, खानपान, र विविधता झल्कनेछ। ५० जना स्थानीय कलाकार खटिएका छन्, र २० […]
दक्षिण कोरियाको सोलमा इतिहासकै तेस्रो भारी हिमपात

सामाजिक फीड-१३ गते जनकपुरधाम दक्षिण कोरियाको राजधानी सोलमा इतिहासकै तेस्रो भारी हिमपात भएको छ। बुधबार र बिहीबारको भारी हिमपातपछि सोलमा २८.६ सेन्टिमिटर हिउँ जमेको छ। कोरियामा सन् १९०७ बाट हिमपातको रेकर्ड राख्न थालिएको हो। इतिहास अनुसार, मार्च २४, १९२२ मा सोलमा ३१ सेन्टिमिटर, जनवरी ३१, १९६९ मा ३० सेन्टिमिटर, र त्यसै वर्षको फेब्रुअरी १ मा […]
महोत्तरीका सीडीओ कवारी र पर्साका सीडीओ अर्याल विवादमा, गृहमन्त्रीले मागे स्पष्टीकरण

सामाजिक फीड-१३ गते जनकपुरधाम महोत्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लालबाबु कवारीको संलग्नतामा घुसखोरीको आरोप लागेपछि गृहमन्त्री रमेश लेखकले उनलाई मन्त्रालयमा बोलाएर स्पष्टीकरण मागेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास टोलीले महोत्तरी जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा अशोककुमार यादवलाई घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेपछि कवारी विवादमा परेका हुन्। यादवले दिएको बयानअनुसार कवारीले पनि घुसको […]
सिरहामा ‘पेटमा बच्चा दिने’ भन्दै लाखौँ ठग्ने धामी पक्राउ

सामाजिक फीड-१२ गते जनकपुरधाम सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ५ निवासी दुःखि ठाकुर नामका एक धामीलाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा लहान प्रहरीले पक्राउ गरेको छ। ठाकुरले बच्चा नहुने महिलाहरुलाई ‘पेटमा बच्चा हुने’ भनेर औषधि दिने, मन्त्र फुक्ने र त्यसका लागि ३५ हजारदेखि १ लाख रुपैयाँसम्म असुल्ने गरेको खुलेको छ। धनुषा, सिरहा, सप्तरी लगायतका विभिन्न […]
रास्वपाको आरोप: “रवि लामिछानेलाई बदनाम गर्न सुनियोजित प्रयास”

सामाजिक फीड-१२ गते जनकपुरधाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई थुनामा राखेर सुनियोजित रूपमा बदनाम गर्न खोजिएको आरोप लगाएको छ। मंगलबार पार्टी कार्यालय चःमतिमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रवक्ता मनीष झाले अनुसन्धान प्रक्रियालाई पूर्वाग्रही भनी आलोचना गर्दै, “सभापतिज्यूलाई थुनाभित्र राखेर बारको बीचबाट भाला हानेजस्तो काम भइरहेको छ,” भने। झाले ‘सपोर्टिङ डकुमेन्टबिना साइन गरिएको […]