Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
माघ १४ गते – जनकपुरधाम

मिटरब्याज पीडितहरूको आर्थिक शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालले जनकपुरधामबाट जनजागरण अभियानको शुरुवात गरेको छ। आज जनकपुरधामको सडकमा धर्ना बसेर अभियानको शुरुवात गरिएको हो, जसले सडक समेत अवरुद्ध बनायो।

केन्द्रिय अध्यक्ष अवधेश कुशवाहाले मिटरब्याजको मुद्दा अझै राज्यको प्राथमिकतामा नपरेको भन्दै आक्रोश व्यक्त गरे। उनका अनुसार, संसदमा कानून बने पनि कार्यान्वयनमा ढिलाइ भइरहेको छ। ६० हजारभन्दा बढी निवेदन परे पनि केवल १० प्रतिशत मात्र मुद्दाहरू समाधान भएका छन्। यदि समस्या समाधान नभए आन्दोलनको स्वरूप परिवर्तन गरिने चेतावनी पनि उनले दिए।

महासचिव मनोज कुमार पासवानले सरकारसँग भएका तीन चरणका वार्ता असफल भएको र चौथो चरणको आन्दोलनको थालनी भएको बताए। राज्यका निकायले पीडितलाई थप शोषण गरेको आरोप लगाउँदै उनले मिटरब्याज पीडितहरूको न्यायका लागि अन्तिम संघर्ष गर्ने प्रतिबद्धता जनाए।

अभियानको मुख्य उद्देश्य जनसमुदायलाई सचेत र सशक्त बनाउँदै वित्तीय र भू-माफियाविरुद्ध संगठित संघर्षमा लाग्न प्रेरित गर्नु रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!