Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
माघ १४ गते – जनकपुरधाम

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा तथा मातहतका पोष्टहरुद्वारा “दुई पाङ्ग्रे सवारी चालकसँग दुई मिनेट कार्यक्रम” सुरुवात भएको छ।

कार्यक्रमको उद्देश्य दुई पाङ्ग्रे सवारी साधनको दुर्घटना जोखिम न्यूनीकरण, रोकथाम, र ट्राफिक सचेतना अभिवृद्धि गर्नु हो। यस क्रममा चालकलाई ट्राफिक नियम पालना, सुरक्षित यात्रा, र दुर्घटनाबाट जोगिने उपायबारे जानकारी दिइँदैछ।

ट्राफिक सचेतनाका यस्ता प्रयासले दुर्घटनाको जोखिम कम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास ट्राफिक कार्यालयले व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!