Skip to main content

सामाजिक फीड-
माघ १४ गते – जनकपुरधाम

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक सहायता ९० दिनका लागि स्थगित गर्न आदेश दिएपछि नेपालमा यूएसएडअन्तर्गत सञ्चालित चार परियोजना रोकिएका छन्।

यूएसएडका प्रवक्ता महेश भट्टराईले विज्ञप्ति जारी गर्दै हेल्थ डाइरेक्ट फाइनान्सिङ, एग्रिकल्चर, एजुकेसन, र समावेशी नीति परियोजना ९० दिनका लागि स्थगित भएको जनाएका छन्।

यूएसएडले यो अवधिमा कुनै नयाँ दायित्व सिर्जना नगर्न सरोकारवालालाई आग्रह गरेको छ। वैदेशिक सहायताबारे समीक्षा पछि मात्र आगामी निर्णय हुने स्पष्ट गरिएको छ, जसले परियोजनाको भविष्य अन्योलमा परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *