Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
माघ १४ गते – जनकपुरधाम

धनुषाको मिथिला नगरपालिकामा आगामी माघ २३ गतेदेखि एच.पी.भी. (Human Papillomavirus) खोप अभियान सुरु हुने भएको छ। नगर प्रमुख महेन्द्र महतोको अध्यक्षतामा भएको एक अभिमुखिकरण कार्यक्रममा स्वास्थ्यकर्मीहरुलाई खोप अभियान प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिइएको छ।

स्वास्थ्य कार्यालय धनुषाका सिअहेब शिवजी दासले जानकारी दिएका छन् कि यो अभियान माघ २३ गतेदेखि फाल्गुन ६ गतेसम्म चल्नेछ। विशेष गरी ९ देखि १४ वर्ष उमेरका बालिकाहरुलाई लक्षित गरेर विद्यालयमा खोप लगाइने छ। खोप अभियानको उद्देश्य एच.पी.भी. भाइरसबाट हुने गर्भाशयको क्यान्सर र अन्य स्वास्थ्य समस्याहरुलाई रोकथाम गर्नु हो।

स्वास्थ्य शाखा प्रमुख अशोक कुमार भण्डारीले खोपले पाठेघरको मुखको क्यान्सर, गुदा क्यान्सर, यौन जन्य क्यान्सरको जोखिम कम गर्न मद्दत पुर्याउने बताए। यो खोप अभियान विद्यालयमा कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई प्राथमिकताका साथ चलाइने छ। सरकारद्वारा निःशुल्क उपलब्ध गराइने यो खोप अभियान स्वास्थ्यको क्षेत्रमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *