Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
माघ १४ गते – जनकपुरधाम

मधेश प्रदेशमा निर्माण भएका कानुनहरुको कार्यान्वयन पक्ष कमजोर रहेको पाइएको छ। मधेश प्रदेशसभाबाट हालसम्म ६४ वटा कानुन निर्माण भए पनि तिनको प्रभावकारी कार्यान्वयनका लागि सरकारको सहकार्य, समन्वय र सहजीकरणको अभाव देखिएको छ।

प्रदेशसभा सदस्य जितेन्द्र सोनलले कानुन कार्यान्वयन गर्ने निकायले किताब नै उपलब्ध गराउन नसकेको कारण कार्यान्वयन फितलो भएको बताए। उनले मुख्यन्यायाधिवक्ता, कानुन परामर्शदाता, र अदालतमा आवश्यक किताब र स्रोत नपाउँदा अन्योलता बढेको उल्लेख गरे।

गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले कानुन कार्यान्वयनमा कमी चिन्ताजनक भएको स्वीकार गर्दै नियमित छलफल र अन्तरक्रियाको आवश्यकता औंल्याए। प्रदेशसभा सदस्य संजय यादवले संघीयतालाई समर्थन गर्नेहरूमात्र कानुन पालना गर्ने प्रवृत्ति देखिएको बताए।

मुख्यन्यायाधिवक्ता सुरेन्द्रकुमार महतोले संघीयता सफल बनाउन संघीय सरकारको पर्याप्त सहयोग नभएको आरोप लगाए। सरोकारवालाहरूले संघीयताका मर्मअनुरुप प्रदेश कानुन कार्यान्वयनका लागि संघीय सरकारसँग सहकार्य र स्पष्ट मार्गचित्र आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!