Samajik Feed – News Portal from Nepal

मधेश प्रदेशमा बढ्न थाले गर्मी

समाजिक फीडजनकपुरधाम, चैत्र ५ गते । मधेश प्रदेशमा केही दिनदेखि गर्मी बढिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रिमनसुन शुरु भएसँगै तापक्रम बढ्ने गर्छ । मार्चको पहिलो हप्ता अर्थात फागुनको अन्तिमदेखि नै तापक्रम बढ्न थालेको हो । तराईका धेरै ठाउँको तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आइतबार जनकपुरको तापक्रम ३५.२ डिग्री सेल्सियस, धरानको […]

परिक्रमायात्री आज कञ्चनवनमा होली खेल्ने

टुडेपाटी-जनकपुरधाम, चैत ४ गते । मिथिलाञ्चलको महामहाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा आज कञ्चनवन पुग्दै छ । ध्रुवकुण्डबाट प्रस्थान गरेको परिक्रमा आज महोत्तरीको भंगहा नगरपालिका–९ हरिनमरी स्थित कञ्चनवन आइपुग्न लागेको हो । कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रीलाई भंगहा नगरपालिकाले भव्य स्वागत गर्ने तयारी गरेको नगरप्रमुख संजिव साहले बताए । कञ्चनवनमा पुगेपछि परिक्रमा यात्री रंग अविर […]

पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पक्राउ

सामाजिक फीड, काठमाडौँ, २ चैत । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा प्रहरी प्रधान कार्यालय टोलीले शुक्रबार पुनलाई पक्राउ गरेको हो । माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिवसमेत रहेका उनको नाम सुन तस्करी प्रकरणमा जोडिएको थियो । ब्रेक शुमार्फत् भएको ६० केजी सुन तस्करीमा पक्राउ परेका भियना होटलका […]

सिरहा घर भएको एक स्टाफ नर्सको बिराटनगरमा हत्या

समाजिक फीडजनकपुरधाम, चैत्र २ गते । बिराटनगरमा एक स्टाफ नर्सको हत्या भएको छ । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत सिरहा घर भएकी चन्द्रीका कुमारी दासको हत्या भएको हो । उनको शव अस्पताल नजिकै रहेको डेराको बाथरूममा फेला परेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको र यसबारे थप अनुसन्धान भइरहेको […]

रौतहटमा गोली चल्यो, तीनजना लुटेरा हतियार सहित पक्राउ

समाजिक फीड जनकपुरधाम, चैत २ गते । मनि ट्रान्फसरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार भएको छ । परोहा नगरपालिका–९ स्थित रहेको शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली चलेको हो । लुटेरा समुहले उनीमाथि गोली चलाएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एजिला गिरीले गोली चलाउने समूहलाई समेत पक्राउ गरिएको […]

मधेश प्रदेश : मुम्बई पुगेका ८ जना बालकको प्रहरीले गर्यो उद्धार

समाजिक फीड जनकपुरधाम, चैत २ गते । बारा प्रहरीले मुम्बई पुगेका आठ जना नेपाली बालकहरूको उद्दार गरेको छ । विभिन्न मितिमा छिमेकी राष्ट्र भारतको मुम्बईमा गई मजदुरी गरेर बसेका बालबालिकाहरूलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीका अनुसार उद्धार गरिएका बालकहरु १३ देखि १७ बर्ष मुनिका रहेका छन् । उनीहरुमध्ये रौतहटका ७ […]

उदयपुरमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु, ७ को अवस्था गम्भीर

समाजिक फीडउदयपुर, चैत १ गते । धरानबाट भोजपुर जाँदै गरेको जिप उदयपुरमा दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । को १ ज २५९३ नम्बरको जिप उदयपुर र भोजपुरको सिमाना बेलका नगरपालिका, मैनामैनीनजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी चौकी हसनपुर, भोजपुरका असई खड्गबहादुर श्रेष्ठले दुर्घटनामा घाइते भएका ७ जनालाई उद्धार गरी उपचारका […]

कुवेतमा साथीलाई भेटेर फर्किने क्रममा कारको ठक्करबाट तीनजना नेपालीको मृत्यु

समाजिक फीड जनकपुरधाम, चैत १ गते । कारको ठक्करबाट कुवेतमा तीनजना नेपालीको मृत्यु भएको छ । मंगलवार विहान ५ बजेतीर महाबुल्ला क्षेत्रको सिसाइड रोडमा कुवेतका नागरिकले चलाएको कारले ठक्क्र दिँदा पापाजोन कम्पनीमा कार्यरत तीनजना नेपालीको मृत्यु भएको हो । मृतकमध्ये एकजना धनुषाका छन् । उनी मिथिला नगरपालिकास्थित बेंगाडाबरका धिरज गुर्मछान मगर रहेका छन् । त्यसैगरि […]

मधेश प्रदेश : दुईवटा मन्दिरमा तोडफोड गर्ने व्यक्ति पक्राउ, पाँच वर्षसम्म जेल हुनसक्ने

समाजिक फीड जनकपुरधाम, चैत १ गते । सर्लाहीको मलंगवास्थित दुईवटा मन्दिरमा तोडफोड गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका–८ बस्ने ३३ वर्षीय राकेश बैठा रहेको प्रहरीले जनाएको छ । मंगलवार साँझ मलंगवा नगरपालिका–८ स्थि रहेको राजदेवी मन्दिर र वडा नम्बर ९ स्थित रहेको झिलमिलियामाइ मन्दिरमा तोडफोड भएको थियो । ती दुबै […]

६२ रुपैंया जरिवाना तिर्न नसक्दा बिजुली साह पक्राउ

समाजिक फीड जनकपुरधाम, फागुन ३० गते । बारा प्रहरीले एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–७ बेनौली घर भई हाल कलैया उप–महानगरपालिका–१ मोतिबाग बस्ने ५० वर्षीय बिजुली प्रसाद साह रहेको प्रहरीले जनाएको छ । बिहीवार अस्थाई प्रहरी पोष्‍ट बसपार्क कलैयाबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको […]

error: Content is protected !!