Skip to main content


सामाजिक फीड
जनकपुरधाम, बैशाख २९ गते ।

मानव बेचबिखन तथा ओसारपसारको आरोपमा वीरगञ्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया अलिया खातुनलाई प्रहरीले पक्राउ गरेको छ।

अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाएको जानकारी जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा डिएसपी किशोर लम्सालले दिएका छन् ।

प्रहरीका अनुसार वैशाख २१ गते खातुनले एक युवतीलाई ‘नयाँ कपडा किनिदिन्छु’ भनी फकाएर भारतको रक्सौल पु¥याएकी थिइन्। त्यहाँ लगेर ती युवतीलाई जबरजस्ती यौन पेसामा संलग्न गराएको बताइएको छ। पछि ती युवतीको उद्धार गरी नेपाल फर्काइएको प्रहरीले जनाएको छ ।

यसअघि पनि खातुनले बालिकाहरूलाई यस्तै प्रलोभन देखाई भारत लगेर यौन व्यवसायमा संलग्न गराएको भन्ने सूचनाका आधारमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *