सामाजिक फीड-
जनकपुरधाम, बैशाख २७ गते ।
महोत्तरीमा खेतमा एक महिला मृत फेला परेकी छन् ।
महोत्तरीको पिपरा गाउपालिका ४ बस्ने चंदेव ठाकुरका ५२ वर्षीया श्रीमती निरशी देवी आफ्नै खेतमा मृत भेटीएकी हुन् ।
शनिबार बिहान ७ बजे घरबाट कोदालो बोकर करिब डेढ किलोमिटर पर खेतमा पुगेकी थिइन् ।
दिउँसो जिउमा केहि माटो पुरिएको अबस्थामा मृत भेटीएको प्रहरीले जनाएको छ ।
यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका जभ्र एसपी हरिण्य शर्माले घटना बारे अनुसन्धान भइरहेको बताए । उनले स्वभाविक वा अन्य केही कारण मृत्यु भएको भन्ने बारे पोस्टमार्टम रिपोर्ट र अनुसन्धानबाट खुल्ने बताए ।