Samajik Feed – News Portal from Nepal

पूर्वराजा ज्ञानेन्द्र शाह गोरखपुर जाँदै, गोरखनाथ मन्दिरमा विशेष पूजा गर्ने

सामाजिक फीड-माघ १७ गते – जनकपुरधाम। पूर्वराजा ज्ञानेन्द्र शाह भारतको गोरखपुर जाने भएका छन्। हाल भैरहवामा रहेका शाह बिहीबार गोरखनाथ मन्दिरमा विशेष पूजा गर्न प्रस्थान गर्नेछन्। पूर्वराजाका संवाद सचिव फणीराज पाठकका अनुसार गोरखपुर भ्रमणका क्रममा शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्नेछन्। गोरखनाथ मन्दिरमा पूर्वराजाले परम्पराअनुसार खिचडी चढाउने कार्यक्रम रहेको छ। सोही धार्मिक परम्परालाई […]

नेपालको व्यापार र विकासमा आईटीको महत्वपूर्ण भूमिका – प्रधानमन्त्री ओली

सामाजिक फीड-माघ १७ गते – जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आईटी क्षेत्र व्यापार, व्यवसायदेखि दैनिक जीवनको महत्वपूर्ण अंग बनिसकेको बताएका छन्। नेपाल चेम्बर एक्स्पोको उद्घाटन गर्दै उनले देशको विकासमा आईटीको भूमिकाबारे जोड दिए। उनले नेपालले तीव्र आर्थिक तथा विकास गतिविधि अघि बढाइरहेको भन्दै आईटी क्षेत्र पनि उल्लेखनीय रूपमा विस्तार भइरहेको बताए। अस्थिर राजनीतिक अवस्थाका […]

ओखलढुंगामा टाटा सुमो दुर्घटना: आमा-छोरा र बहिनीको घटनास्थलमै मृत्यु

सामाजिक फीड-माघ १७ गते – जनकपुरधाम बिहीबार बिहान सिद्धिचरण लोकमार्गअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका-७ भँडारे खोलामा टाटा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार खोटाङको कोपिलासगढी गाउँपालिका-३ की ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र दिक्तेल-रुपाकोट-मझुवागढी नगरपालिका-१२ की ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको हो। ना १ ज ६४२१ […]

महाकुम्भ मेलामा नेपाली तीर्थयात्रीहरूको विशेष सुविधा, खालसा निर्माण

सामाजिक फीड-माघ १६ गते – जनकपुरधाम प्रयागराजमा जारी महाकुम्भ मेलामा नेपालबाट ५० लाखभन्दा बढी श्रद्धालु सहभागी भएका छन्। जनकपुरधामस्थित जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासको नेतृत्वमा नेपाली तीर्थयात्रीहरूका लागि विशेष खालसा निर्माण गरिएको छ। धर्मराज मन्दिर ऋषिकेशका महन्त महामण्डलेश्वर श्री विष्णुदास महाराजले नेपाली तथा भारतीय तीर्थयात्राका लागि विशेष बसोबास तथा खानपानको सुविधा उपलब्ध गराएका […]

मधेशमा जेसी नीति कार्यान्वयनको माग, सञ्चारिका समूहद्वारा ज्ञापन

सामाजिक फीड-माघ १६ गते – जनकपुरधाम सञ्चारिका समूह नेपालले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) नीति कार्यान्वयनका लागि मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहलाई १० बुँदे ज्ञापनपत्र बुझाएको छ। महिला पत्रकारको समानता, सशक्तीकरण तथा कार्यस्थलमा लैङ्गिकमैत्री वातावरण निर्माणको माग राख्दै समूहले मंगलबार मुख्यमन्त्रीलाई ज्ञापनपत्र हस्तान्तरण गरेको हो। यसमा महिला हिंसा न्यूनीकरण, समान ज्याला, तालिमको व्यवस्था, महिला […]

मधेशका हिरासत कक्षहरू जर्जर, थुनुवामाथि दुर्व्यवहारको खुलासा

सामाजिक फीड-माघ १६ गते – जनकपुरधाम मधेश प्रदेशका विभिन्न जिल्लाका प्रहरी हिरासत कक्षहरूमा थुनुवासँग अमानवीय व्यवहार गरिएको खुलासा भएको छ। प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको उपसमितिले बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीका हिरासतहरूको अनुगमनपछि प्रतिवेदन सार्वजनिक गर्दै हिरासत कक्षहरू जर्जर अवस्थामा रहेको र थुनुवालाई शारीरिक तथा मानसिक यातना दिइएको निष्कर्ष […]

नेपाल प्रहरीसम्बन्धी नयाँ विधेयक संसदमा दर्ता, अवकाश उमेर हद र बढुवा प्रणालीमा परिमार्जन

सामाजिक फीड- जनकपुरधाम, माघ १६ गते सरकारले नेपाल प्रहरीसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न तयार पारेको नयाँ विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ। गृहमन्त्री रमेश लेखकले गत मंगलबार विधेयक संसद्मा दर्ता गराएका हुन्। यस विधेयकमा ३० वर्षे सेवा अवधि हटाइएकै छ। साथै, प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदका लागि आवेदन दिन सकिने उमेर सीमा २१-२७ वर्ष पुर्‍याइएको छ। […]

क्यानडामा रोजगारीको प्रलोभन बाबुछोरा ठगी, पाँच जना पक्राउ

सामाजिक फीड-माघ १६ गते – जनकपुरधाम विराटनगर महानगरपालिका–११ का महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरी क्यानडामा रोजगारीको अवसर भन्दै सामाजिक सञ्जालमा राखिएको विज्ञापनको भर पर्दा ६६ लाख ६७ हजार रुपैयाँ ठगीमा परेका छन्। सामाजिक सञ्जालमार्फत जोडिएको गिरोहले क्यानडा पठाइदिने आश्वासन दिएर उनीहरूबाट रकम ठगी गरेको थियो। ठगिएको थाहा पाएपछि बाबुछोराले प्रहरीमा उजुरी दिए, जसपछि […]

जनकपुरमा स्कूल बस दुर्घटना: चार विद्यार्थी घाइते

सामाजिक फीड-माघ १६ गते – जनकपुरधाम जनकपुरधामबाट मिथिलाबिहारी नगरपालिकाको तारापट्टीतर्फ विद्यार्थी लिन जाँदै गरेको एजुकेशन प्वान्ट स्कूलको बस बुधबार बिहान दुर्घटनामा परेको छ। बाक्लो हुस्सु र तीव्र गतिका कारण बस सडकबाट अनियन्त्रित भई खेतमा पल्टिएको स्थानीयले बताएका छन्। धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बरुण बहादुर सिंहका अनुसार दुर्घटनामा चार विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये एकको […]

विवाहको उमेर १८ वर्ष झार्ने सुझावले बालबालिकाको अधिकारमा चुनौती

सामाजिक फीड – जनकपुरधाम, माघ १५ । मुलुकी देवानी संहिता २०७४ को दफा ७० को उपदफा १(घ) अनुसार नेपालमा विवाहको न्यूनतम उमेर २० वर्ष तोकिएको छ। तर, मिति २०८१-१०-०२ गते बसेको प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले विवाहको उमेर १८ वर्षमा झार्ने सिफारिस गरेको छ। यसले महिला, बालबालिका, र बुद्धिजीवी वर्गमा […]