Samajik Feed – News Portal from Nepal

धनौजी गाउँपालिका उपाध्यक्ष रामवति मण्डल कांग्रेसबाट निष्कासन

सामाजिक फीड-२५ गते जनकपुरधाम धनौजी गाउँपालिकाकी उपाध्यक्ष रामवति देवी मण्डललाई नेपाली कांग्रेसले पार्टीबाट निष्कासन गरेको छ। पार्टीको विधान विपरीत गतिविधिमा संलग्न भएको आरोपमा कांग्रेसको धनौजी गाउँ कार्य समितिले मण्डललाई कारबाहीको लागि पत्राचार गरेको हो। गाउँ सभापति रामनारायण यादवका अनुसार, मंसिर २२ गते बसेको गाउँ कार्य समितिको बैठकले उपाध्यक्ष मण्डललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो। उक्त […]

धनुषामा धान खरिद सुरु, सोना मन्सुलीको समर्थन मूल्य प्रतिक्विन्टल ३५८० रुपैयाँ

सामाजिक फीड-२५ गते जनकपुरधाम धनुषामा सोमबारदेखि धान खरिद प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेश प्रादेशिक कार्यालयले यस वर्ष ३२ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढाएको हो। कार्यालय प्रमुख देवेन्द्र राईका अनुसार सरकारले यस वर्ष सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल ३,५८० रुपैयाँ ६२ पैसा […]

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०२४: जनकपुरमा प्रभातफेरी र्‍याली

सामाजिक फीड-२५ गते जनकपुरधाम अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०२४ को अवसरमा “हाम्रो अधिकार, हाम्रो अहिलेको भविष्य” भन्ने नाराका साथ जनकपुरधाममा प्रभातफेरी र्‍याली आयोजना गरियो। मङ्गलबार बिहान ७ बजे जनकपुर रेलवे स्टेशनबाट सुरु भएको र्‍यालीमा मानव अधिकार संरक्षण र प्रवर्द्धनका लागि नागरिक समाज, अधिकारकर्मी, मिथिला मन्टेश्वरी स्कूल जनकपुरधामका विद्यार्थी, र विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू उत्साहजनक रूपमा सहभागी भए। […]

सर्प व्यवस्थापन कार्यमा  डिभिजन वन कार्यालय धनुषा

सामाजिक फीड, मंसिर २४ ,जनकपुरधाम। डिभिजन वन कार्यालय धनुषाले सर्पको संरक्षण र उद्धारमा विशेष ध्यान दिएको छ। पछिल्लो तीन महिनाको अवधिमा ८ वटा सर्पको सफलतापूर्वक उद्धार गरिएको छ। कार्यालय प्रमुख विनोद सिंहका अनुसार सर्पलाई अकारण हानि पुर्‍याउने प्रवृत्तिलाई निरुत्साहित गर्दै सर्प संरक्षणलाई प्राथमिकतामा राखिएको छ। सर्प उद्धारमा सक्रिय वन रक्षक आकाशकुमार यादवले विशेष भूमिका निर्वाह गरिरहेका […]

झुण्डिएको अवस्थामा अस्पतालका कर्मचारी फेला

सामाजिक फीड, मंसिर २४ ,जनकपुरधाम। जिल्ला खेलकुद विकास समिति कार्यालय परिसरस्थित कभर्ड हलको झ्यालमा झुण्डिएको अवस्थामा एक कर्मचारी मृत फेला परेका छन्। आईतवार बिहान गजेन्द्र नारायण सिंह अस्पतालमा कार्यालय सहयोगीका रूपमा कार्यरत ५५ वर्षीय सुधिर कुमार झाको शव झुण्डिएको अवस्थामा फेला परेको हो। हनुमान मन्दिरमा पूजा गर्न बिहान पुगेका भक्तजनहरूले कभर्ड हलको झ्यालमा शव देखेपछि प्रहरीलाई […]

तीन छात्र मिलेर निर्माण गरे विद्युतीय ट्रयाक्टर, साना किसानलाई उपयोगी

सामाजिक फीड, मंसिर २४ ,जनकपुरधाम। लालबन्दी नगरपालिका-९ बस्तीपुरस्थित आइडियल कोएड एकेडेमीका तीन छात्रले विद्युतीय ट्रयाक्टर निर्माण गरी उदाहरणीय कार्य गरेका छन्। कक्षा १२ का छात्र पल्लव कौशिक, नवराज बस्नेत र आशिष महतोले विद्यालयको सहयोगमा निर्माण गरेको यो ट्रयाक्टरले साना किसानलाई खेतीपातीमा सहुलियत दिनेछ। १२ भोल्टेजको चार ब्याट्री प्रयोग…इलेक्ट्रिक पाटो सम्हाल्ने छात्र आशिष महतोका अनुसार ट्रयाक्टरमा १२ […]

लादोबेला: ३० वर्ष पुरानो जमिन विवादले स्थानीयहरूमा त्रास, प्रहरीको कार्यप्रति विरोध

सामाजिक फीड, मंसिर २४ ,जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित लादोबेलाको मुस्लिम बस्तीमा ३० वर्षअघि बिक्री गरिएको जमिनको हिस्सा खोज्न नाति आएपछि स्थानीय समुदाय चिन्तित भएका छन्। जमिनदार हरिहरप्रसाद रेग्मीको नाति विनोद साह नामका व्यक्तिले, १८ कट्ठा जमिनको १४ धुर हिस्सा आफ्नो दाबी गर्दै नापी अमिनसँग मिलेर नापी गर्ने प्रयास गरेपछि लादोबेलाका बासिन्दा त्रसित भएका छन्। स्थानीयहरूको अनुसार, […]

घरेलू हिंसा विरुद्धको संवाद: न्यायिक भूमिका र चुनौतीमाथि प्यानल छलफल

सामाजिक फीड, मंसिर २३ ,जनकपुरधाम। जनकपुरधाममा घरेलू हिंसा विरुद्धको संवाद: न्यायिक भूमिका र चुनौतीमाथि प्यानल छलफल सम्पन् गरेका छन् ।जनकपुरधाममा आयोजित एक विशेष प्यानल छलफल कार्यक्रममा घरेलू हिंसाको वर्तमान अवस्था र न्यायिक भूमिकाको विषयमा गहन संवाद सम्पन्न भयो। एशिया फाउन्डेसनको सहयोग र WOREC (Women’s Rehabilitation Center) को सहकार्यमा WHRD (Women Human Rights Defenders) द्वारा आयोजित […]

विवाह पंचमी मेलामा विभिन्न संघ-संस्था द्धारा नि:शुल्क सेवा

सामाजिक फीड-जनकपुरधाम, मंसिर २१ गते । राम जानकीको विवाह महोत्सवको अवसरमा आयोजित “विवाह पंचमी मेला शिविर” मा श्रद्धालु वर्गका लागि विभिन्न सेवा सुविधाहरू प्रदान गरिएका छन्। यहि अवसरमा “जनकपुरधामका सक्रिय युवाहरू,श्री महावीर युवा कमिटी,नेपाल भारत खुला सिमा संवाद समूह एबं क्लोथ बैंक धनुषा नेपाल,Rotaract Club of जनकपुरधाम,Blood for need जनकपुरधाम,जनकपुरिया युथ लगायतका जस्तै विभिन्न संघ […]

राम लछुमन चलला बियाहन, दशरथ साजु बरियात है…

सामाजिक फीड-जनकपुरधाम, मंसिर २१ गते । जनकपुरधामस्थित ऐतिहासिक रंगभूमि मैदान बार्हबिघामा विवाह पञ्चमी महोत्सव अन्तर्गत जयमाला कार्यक्रम भव्य र उल्लासपूर्ण रूपमा सम्पन्न भएको छ। यो कार्यक्रम मिथिला क्षेत्रको प्राचीन सांस्कृतिक परम्पराको जिवन्त उदाहरण मानिन्छ। भगवान राम र सीताको जयमाला आदानप्रदानको ऐतिहासिक प्रस्तुति…विवाह पञ्चमी महोत्सवको पाँचौँ दिन जनकपुरमा जयमालाको विशेष कार्यक्रम आयोजना गरिन्छ। यस अवसरमा रामायणकालीन […]