सामाजिक फीड-
जनकपुरधाम, पुस ४ गते ।
धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर २ पर्शुराम तलाउस्थित नदी किनारमा बोरा बाँधेर फालिएको अवस्थामा एक मानव शव फेला परेको छ। शवको चारैतर्फ आगो जलेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई जानकारी दिएका थिए।
प्रहरीका अनुसार, जलेको बोरा हटाएपछि मृतकको खुट्टा बाहिर देखिन थालेपछि शवको अवस्था संदिग्ध रहेको कुरा पुष्टि भएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा शव हत्या गरी फालिएको हुन सक्ने अनुमान गरिएको छ।
प्रहरी टोली घटनास्थलमा पुगेर शवको मुचुल्का तयार गर्दै पोष्टमार्टमका लागि पठाउने तयारीमा जुटेको छ। यद्यपि मृतकको पहिचान खुल्न सकेको छैन।
यस घटनामा थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।