सामाजिक फीड-
जनकपुरधाम, पुस ५ गते ।
भारतको राजधानी नयाँ दिल्लीमा काठमाडौँ विश्वविद्यालय र ‘फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेल्फर’ (ईग्रो फाउन्डेसन) द्वारा आयोजित ‘भारत–नेपाल आर्थिक सम्मेलन’को उद्घाटनमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले भारतीय उद्यमीलाई नेपालमा ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न आह्वान गरे।
सम्मेलनको उद्घाटन गर्दै मन्त्री राणाले नेपालले विदेशी लगानी आकर्षित गर्न ‘डबल बी माइनस (BB-) रेटिङ’ प्राप्त गरेको र प्रोत्साहनमुखी नीतिहरू लागू गरेको जानकारी दिए। उनले नेपालमा लगानीको वातावरण बनेको र उच्च प्रतिफलको अवस्था रहेको बताउँदै नेपालको आर्थिक विकासका लागि भारतको महत्वपूर्ण योगदानको प्रशंसा गरे।
मन्त्री राणाले नेपाल र भारतबीचको सम्बन्धलाई सामाजिक र सांस्कृतिक दृष्टिले पनि मजबुत बनाउनुपर्ने जोड दिएका छन्। उनले नेपाल–भारत आर्थिक सहकार्यलाई क्षेत्रीय एकताको आधार बनाउन आवश्यक रहेको बताए।
सम्मेलनमा नेपाल र भारतबीचको व्यापार असमानतासमेत उठाइएको छ। मन्त्री राणाले भारतसँगको व्यापार घाटा कम गर्न विविधिकरण र विस्तारका उपाय खोज्न आह्वान गरे।
सम्मेलनमा नेपाल र भारतको जलवायु परिवर्तन, युवा पलायन र दिगो विकासमा सहकार्यको आवश्यकता पनि चर्चा गरिएको थियो।