Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस ४ गते ।

चन्द्रागिरि नगरपालिका–१० स्थित सतुगंल खरिबोटकी १७ वर्षीया किशोरी सरिता तामाङको शव फेला परेको छ। उनका दाई नवीन रुम्बा तामाङले १ पुसमा प्रहरीमा निवेदन दिएर भाइटीका २९ मंसिरको राति हराएको जानकारी दिएका थिए।

प्रहरीले खोजी कार्य सुरू गरेपछि, ३ पुस दिउँसो ३ बजेतिर सरिताको शव काठमाडौंको चन्द्रागिरि–१० स्थित वीरेन्द्र श्रेष्ठको घरको भुईँ तलाको कोठाभित्र फेला पारियो। सरिता सोही घरमा भाडामा बस्दै थिइन्।

शवको खोजीका क्रममा, सरिताको मोबाइल फेला परेपछि अनुसन्धान केन्द्रित गरिएको थियो। मोबाइलका आधारमा अनुसन्धान गर्दा, सरिताको हत्या आरोपमा विश्वास तामाङलाई पक्राउ गरिएको छ। विश्वास तामाङ गजुरी–३, धादिङका निवासी हुन् र हाल काठमाडौं–१४, खड्कागाउँमा बस्दै आएका थिए।

विश्वासले घटनाबारे स्वीकार गर्दै सामान्य विवादका कारण यो घातक परिणाम आएको बताएको छ। उनले शवलाई लो-बेड भित्र लुकाएर राखेको थियो।

प्रहरीले आज काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ। मृतक सरिता विष्णुदेवी शिक्षा सदन मावि, नैकापमा कक्षा १० मा अध्ययनरत थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *