Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस ४ गते ।

बेरोजगार युवालाई विदेश पठाउने नाममा २२ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा धनुषाका दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा गणेशमान चारधाम नगरपालिका-४ का ३८ वर्षीय राजकुमार चौधरी र मटिहानी नगरपालिका-९ का ३९ वर्षीय रुपेश कुमार चौधरी रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यका अनुसार राजकुमारलाई काँडाघारी र रुपेशलाई टेकुबाट पक्राउ गरिएको हो। उनीहरूमाथि दुई जनाबाट ६ लाख ३० हजार र एक जनाबाट १६ लाख ठगी गरेको उजुरी परेको छ।

उनीहरूले बेरोजगार युवालाई विदेश पठाउने भन्दै रकम उठाएर ठगी गरेको आरोप छ। पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *