विद्यालयमा सेनेटरी प्याड पठाउने काठमाडौँ महानगरको निर्णय

१ कार्तिक, जनकपुरधाम। विद्यालयमा सेनेटरी प्याड पठाउने प्रस्तावलाई शिक्षा विभागमार्फत द्रुत र छोटो प्रक्रियामा कार्यपालिकामा लैजाने निर्णय भएको छ । काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।कक्षा ४ र ५ मा पढ्ने छात्राको पनि महिनावारी सुरु हुने गरेकोले महानगरले कक्षा ४ लाई आधार मानेको छ । samajik_feedsamajikfeed.com
सल्यानमा अरिङालको टोकाइबाट आमा छोरीको मृत्यु भएको छ।

सल्यानमा अरिंगलको टोकाइबाट आमा छोरीको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सिद्धकुमाख गाउँपालिका–१ हाम्फालकी २१ वर्षीया शोभा बुढाथोकी र ४ वर्षीया छोरी प्रति बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए । स्थानीय नवीन बस्नेतको श्रीनगरमा उपचार भइरहेको छ । सोमबार साँझ धान काटेर घर […]
साहित्यकार जोशीको निधनको शोकमा आज देशभरिमा सार्वजनिक बिदा गरिएको छ।

१ कार्तिक, जनकपुरधाम। सत्यमोहन जोशी नेपालका सबैभन्दा लामो समयसम्म बाँच्ने साहित्यकार थिए। जोशीको १०३ वर्षको उमेरमा निधन भएको हो ।साहित्यकार जोशीको निधनको शोकमा आज देशभरिमा सार्वजनिक बिदा गरिएको छ।आइतबार बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको केआईएसटी मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक सुरज बज्राचार्यले जानकारी दिए । जोशीले आफ्नो शव दान गरिसकेकाले उनको […]
हुम्लाको सार्केगार्ड नगरपालिकामा पहिरोले एकल वडाका १५० घर भत्किएका छन्

३१ असोज, जनकपुरधाम। हुम्ला जिल्लाको सार्केगर्द गाउँपालिकाको वडा नं १ मा मात्रै पहिरोले १५० घरमा क्षति पुगेको छ ।झण्डै एक सातादेखि लगातार परेको अविरल वर्षाका कारण पहिरो गएको हो । त्यसैगरी वडाभरका कैयौं बस्तीका जग्गा पनि भाँचिन थालेको अधिकारी तथा स्थानीयले जानकारी दिए । पहिरोले वडाका पाँच गाउँमा क्षति पुगेको स्थानीय पीडितले जानकारी दिएका छन् […]
महिला कानुन विकास मंचले चुनावी घोषणापत्रमा नागरिकता ऐन संसोधन गर्न दलहरूलाई बुझाए ज्ञापनपत्र

३० असोज, जनकपुरधाम। महिला कानुन विकास मंचले चुनावी घोषणापत्रमा नागरिकता ऐन संसोधन गर्नका लागि दलहरूलाई ज्ञापनपत्र बुझाएका छन् । संविधान जारि भएको १ वर्ष भित्र गर्नुपर्ने संसोधन अहिले ६ वर्ष हुन लागेको छ तर संसोधन भएको छैन। नागरिकता बिना हजारौं युवाहरुलाई पढ्न समेत गार्हो भएको छ। नागरिकता संसोधन गर्नका लागि नागरिकता बिहिन र सरोकारवालाहरुले चुनावी […]
निर्वाचन आयोगले अनुमति बिनाको प्रचार प्रसार गर्नेलाई रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ ।

३० असोज, जनकपुरधाम। निर्वाचन आयोगले अनुमति बिनाको प्रचार प्रसार गर्नेलाई रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ ।आचारसंहिता अनुगमन समितिको बैठकमा यसबारे प्रसंग उठेपछि आयोगको टोलीले मन्त्री र जनप्रतिनिधिलाई आचारसंहिता उल्लंघन हुने गरी कार्यक्रममा रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको हो । samajik_feedsamajikfeed.com
समानुपातिक मतपत्र हरेक जिल्लामा पुग्दै

३० असोज, जनकपुरधाम। यहि मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिकतर्फको मतपत्र हरेक जिल्लामा पुगी रहेको छ। निर्वाचन आयोगको अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सम्पन्न भएको आयोगले जनाएको छ। सबै जिल्लामा मतपत्र ढुवानी हुदैँछ। प्रत्यक्षतर्फ पनि १७ लाख मतपत्र छपाइ भएको […]
देशैभर डेंगुको आतंक ,सरकार निर्वाचनमा व्यस्त

३० असोज, जनकपुरधाम। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो वर्ष ४७ जनाको मृत्यु भएको छ भने ३८ हजारभन्दा बढीमा डेङ्गु भाइरसको सङ्क्रमण देखिएको छ जुन एक वर्षको रेकर्ड हो ।घटनाहरूलाई नजिकबाट ट्र्याक गर्नेहरूले शंका गर्छन् कि धेरै व्यक्तिहरू यस रोगको शिकार हुनसक्छन् किनकि सबै मृत्यु रिपोर्ट गरिएको छैन।स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले सयौं हजार मानिसहरूलाई भाइरस समातेको […]
नवनियुक्त अमेरिकी राजदूत थम्पसन नेपाल आइपुगेको छन्।

२८ असोज, जनकपुरधाम। नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डीन थम्पसन बिहीबार नेपाल आइपुगेका छन् । राजदूत र्यान्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्केको एक सातापछि राजदूत थम्पसन नेपाल आएका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार नवनियुक्त राजदूत थम्पसनले आफ्नो परिवारसहित केही दिन नेपालस्थित अमेरिकी नियोगका परिवारसँग भेटघाट गर्ने र त्यसपछि […]
फुटपाथ छेकिने गरि फ्रिज राखे पछि काठमाडौँ महानगर प्रहरीले फ्रिज नै उठाएर लगे

२७ असोज, जनकपुरधाम। काठमाडौँ उपत्यकामा बालेनले फुटपाथ व्यवस्थापनका लागि नगर प्रहरीलाई अलर्ट गरेर कडाईका साथ निर्देशन दिएका छन्। यो दृश्य काठमाडौँ महानगरपालिकाको हो , जहाँ एउटा पसलको आगाडी फ्रिज राखेको थियो। महानगरद्वारा पटक पटक भन्दा पनि पसलेहरुले फुटपाथ नै छेक्ने गरि सामानहरु राख्ने गर्दछन। अन्त्यमा महानगरले हरेर एस्तो पाईला उठाउनु पर्यो , महानगरले फुटपाथ छेकिने […]