Samajik Feed – News Portal from Nepal

सल्यानमा अरिंगलको टोकाइबाट आमा छोरीको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सिद्धकुमाख गाउँपालिका–१ हाम्फालकी २१ वर्षीया शोभा बुढाथोकी र ४ वर्षीया छोरी प्रति बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए । स्थानीय नवीन बस्नेतको श्रीनगरमा उपचार भइरहेको छ ।

सोमबार साँझ धान काटेर घर फर्किंदै गर्दा उनलाई अरिङगलले टोकेको थियो । कानको खुट्टाले टोकेपछि आमा छोरीलाई श्रीनगरको सल्यानस्थित अस्पतालमा सामान्य उपचारपछि बाँकेको कोहलपुर रिफर गरिएको थियो ।


छोरीको कोहलपुर लैजाँदै गर्दा बाटोमा र आमाको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी खनालले जानकारी दिए । मृतक दुवैको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *