३० असोज, जनकपुरधाम। यहि मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिकतर्फको मतपत्र हरेक जिल्लामा पुगी रहेको छ। निर्वाचन आयोगको अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सम्पन्न भएको आयोगले जनाएको छ। सबै जिल्लामा मतपत्र ढुवानी हुदैँछ। प्रत्यक्षतर्फ पनि १७ लाख मतपत्र छपाइ भएको आयोगले जनाएको छ ।
