Samajik Feed – News Portal from Nepal

२८ असोज, जनकपुरधाम। नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डीन थम्पसन बिहीबार नेपाल आइपुगेका छन् । राजदूत र्यान्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्केको एक सातापछि राजदूत थम्पसन नेपाल आएका छन् ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार नवनियुक्त राजदूत थम्पसनले आफ्नो परिवारसहित केही दिन नेपालस्थित अमेरिकी नियोगका परिवारसँग भेटघाट गर्ने र त्यसपछि नेपाल सरकारलाई आफ्नो ओहोदाको पत्र बुझाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *