१ कार्तिक, जनकपुरधाम। सत्यमोहन जोशी नेपालका सबैभन्दा लामो समयसम्म बाँच्ने साहित्यकार थिए। जोशीको १०३ वर्षको उमेरमा निधन भएको हो ।साहित्यकार जोशीको निधनको शोकमा आज देशभरिमा सार्वजनिक बिदा गरिएको छ।
आइतबार बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको केआईएसटी मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक सुरज बज्राचार्यले जानकारी दिए ।

जोशीले आफ्नो शव दान गरिसकेकाले उनको शव के गर्ने भन्ने परिवारले अहिलेसम्म निर्णय गर्न नसकेको खबर आएको छ।
गत वर्ष जोशी दम्पतीले मृत्युपछि अनुसन्धानका लागि अस्पताललाई शव दान गर्ने सम्झौता गरेका थिए ।