Samajik Feed – News Portal from Nepal

वीरगञ्जमा सशस्त्र प्रहरी र व्यापारीबीच झडप

सामाजिक फीड-जनकपुरधाम, माघ २६  गते । सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरमा रहेको एक गोदाममा छापा हानेको छ ।राजस्व छलीको सूचनापछि छापा हान्दा व्यापारी र सुरक्षाकर्मीबीच झडप भएको हो । झडपमा परेर तीनजना सशस्त्र प्रहरी घाइते भएका छन् । सशस्त्रसहितको टोली विशेष सूचनाका आधारमा आदर्शनगरमा प्रमोद कुमार कानुले […]

परिक्रमा यात्री पुग्ने दिन महोत्तरीको विभिन्न पडावस्थल वरिपरि मासु तथा मदिराजन्य पदार्थको बिक्रीवितरणमा रोक

सामाजिक फीड-जनकपुरधाम, माघ २६  गते । मिथिला माध्यमिकी परिक्रमालाई लक्षित गर्दै महोत्तरी प्रशासनले विभिन्न पडावस्थलमा मासु तथा मदिराजन्य पदार्थको बिकी वितरण र सेवनमा रोक लगाएको छ ।जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय महोत्तरीले मिथिला माध्यमिकी परिक्रमालाई मर्यादित, शान्तिपूर्ण र धार्मिक वातावरणमा सम्पन्न गराउने उद्देश्यले परिक्रमाको रुट तथा पडावस्थल आसपासका क्षेत्रमा मासु तथा मदिराजन्य पदार्थको […]

जनकपुरधाम नगरक्षेत्रबाट निर्वाचन आचारसंहिता विपरितको प्रचारप्रसार सामग्री हटाइयो

सामाजिक फीड-जनकपुरधाम, माघ २५  गते । जनकपुरधाम नगर क्षेत्रमा लगाइएको निर्वाचन आचारसंहिताविपरीतको प्रचारप्रसार सामाग्री हटाइएको छ । सार्वजनिक स्थानमा टाँसिएका पोस्टर, ब्यानर, स्टिकर तथा झण्डा हटाइएको हो । निर्वाचन कार्यालयमा उजुरी परेपछि सम्बन्धित राजनीतिक दल र उम्मेदवारलाई प्रचार सामग्री हटाउन आग्रह गरिएको भएतापनि त्यसलाई बेवास्ता गरेपछि शनिबार जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र अनुगमन गर्दै एक हजार ५ […]

सप्तरीमा शंकास्पद वस्तु विस्फोट : घाइते चार बालकको सफल शल्यक्रिया

सामाजिक फीड-जनकपुरधाम, माघ २५  गते । सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शनिबार भएको शंकास्पद वस्तुको विस्फोटमा परी घाइते चार जना बालकको सफल शल्यक्रिया गरिएको छ। घाइते बालकहरूको शरीरबाट शल्यक्रिया गरी छर्रा निकालिएको हो। दुधैला खोलामा बनभोज खान गएका बेला शंकास्पद विस्फोटक पदार्थ विस्फोट हुँदा उनीहरूको शरीरमा छर्रा लागेको थियो। घाइते बालकहरूको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा सफल […]

धनुषामा २५ वर्षीया महिलाको शव फेला

सामाजिक फीड-जनकपुरधाम, माघ २३ गते । धनुषामा सडक छेउमा एक महिलाको शव फेला परेको छ । औरही गाउँपालिका वडा नम्बर १ पौडेसरमा अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको हो । धनुषाका प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले महिलाको टाउकोमा घाउ देखिएकाले हत्या गरेर फालेको हुनसक्ने देखिएको बताए ।आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका […]

रास्वपाको स्टिकर टाँसिएको कारको ठक्करबाट बालिकाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, माघ २२ गते । रौतहटमा गाडीको ठक्करबाट एक चार वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा अल्फा खातुन नाम गरेकी बालिका रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णुप्रसाद बस्यालले जानकारी दिएका छन्। उनका अनुसार बिहीबार दिउँसो करिब २:३० बजे इशनाथ नगरपालिका-३ अन्तर्गतको मठिया टोलमा उक्त दुर्घटना भएको हो। रास्वपाको स्टिकर टाँसिएको बा १५ […]

मधेस प्रदेशमा ६ महिनामा ५६ जनाको हत्या

सामाजिक फीड-जनकपुरधाम, माघ २२ गते । मधेस प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनामा ५६ जनाको हत्या भएको छ । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार आर्थिक वर्ष २०८२-०८३ मा प्रदेशका ८ जिल्लामा ५६ जनाको हत्या भएको हो । जसमा २६ जना पुरुष, १८ जना महिला, ९ जना बालक र ३ जना बालिका छन् । मधेस […]

धनुषाका दुई युवक बिहारको मधुबनीमा गाँजा सहित पक्राउ

सामाजिक फीड-जनकपुरधाम, माघ २२ गते । धनुषाका दुई युवक लागूऔषध गाँजा सहित सीमापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिकाका रौशन कुमार र फुलेश कुमार यादव रहेको बिहार प्रहरीले जनाएको छ। गोप्य सूचनाको आधारमा बिहार प्रहरीले मधुबनी जिल्लाको हरलाखी थाना अन्तर्गत पर्ने हरने पुल नजिक मोटरसाइकलमा सवार दुबै युवकलाई पक्राउ गरेको हो। नेपालबाट भारत […]

सप्तरी कारागारमा लागूऔषध र मोबाइल फेला

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । सप्तरी कारागार कार्यालय राजविराजमा प्रतिबन्धित लागूऔषध र मोबाइल फेला परेको छ । राजविराज नगरपालिका ६ स्थित रहेको कारागार कार्यालयको ‘ए’ ब्लकमा रहेका कैदीहरुलाई चेकजाँचका क्रममा लागूऔषध गाँजा र मोबाइल बरामद भएको हो ।चेकजाँचको क्रममा कैदी सुमित मण्डल र सुरज राउतको साथबाट लागूऔषध र मोबाइल फेला परेपछि नियन्त्रणमा लिइएको कारागार […]

सर्लाहीमा कार दुर्घटनामा एकजनाको मृत्य, ३ जना घाइते

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । सर्लाहीमा आज बिहान कार आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु र तीन जना घाइते भएका छन् । आज बिहान करिब अढाई बजे ईश्वरपुर नगरपालिका १२ पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाँके जंगलमा कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज […]