Samajik Feed – News Portal from Nepal

जनकपुरका होटलमा बासी र म्याद गुज्रेका सामग्री फेला, जफत गरी नष्ट

सामाजिक फीड-जनकपुरधाम, चैत ११ गते । जनकपुरका केही प्रतिष्ठित होटलमा बासी तथा म्याद गुज्रेका खाद्य सामग्री प्रयोग गरिएको पाइएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा गरिएको अनुगमनका क्रममा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने अशुद्ध सामग्री फेला परेको हो। आइतबार राति मुख्यमन्त्री सिंहसहित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, खाद्य प्रविधि तथा गुण […]

विष्णु महायज्ञको नाममा पालिका अध्यक्षले भत्काए डोमको घर, अछुत भन्दै माटो फालियो

टुडेपाटी-जनकपुरधाम, चैत ७ गते । विष्णु महायज्ञको नाममा सिरहाको औरही गाउँपालिका–५ मा एक डोम परिवारको घर भत्काइएको छ । पीडित परिवारका अनुसार जातीय भेदभावकै कारण आगामी चैत १७ गतेबाट सुरु हुने श्री श्री १०८ विष्णु महायज्ञका लागि दीपक मरिक (डोम) को घर डोजर लगाएर भत्काइएको हो । औरही गाउँपालिका अध्यक्ष शिवजी यादवकै निर्देशनमा फागुन १० […]

रौतहटबाट मिटरब्याजी शिबचन्द्र साह पक्राउ

सामाजिक फीड-रौतहट, चैत ६ गते । मिटरब्याजी शिवचन्द्र साह कलवार पक्राउ परेका छन् । मिटर ब्याज विरुद्ध किसान–मजदुर आन्दोलन, रौतहट जिल्ला समितिको पहलमा प्रहरीले उनलाइ पक्राउ गरेको हो । जाली तमसुक बनाउने, झुक्याएर जग्गा पास गराउने जस्ता गैरकानुनी क्रियाकलाप अर्थात मिटरब्याजबाट लेनदेन गर्दै आएका शिव चन्द्र साहबाट झण्डै ११ सय बढी जनतालाइ अन्याय गरेको उनी […]

धनुषामा चार दिनदेखि बेपत्ता युवकको शव इनारमा फेला

सामाजिक फीड– जनकपुरधाम, चैत ५ गते । धनुषामा चार दिनदेखि बेपत्ता एक युवकको शव इनारमा फेला परेको छ। मिथिला नगरपालिका–८, जमुनिवासका ३३ वर्षीय नारायण घिसिङ्को शव स्थानीय इनारभित्र भेटिएको हो। प्रहरीलाई सोमबार साँझ इनारबाट दुर्गन्ध आउन थालेको सूचना प्राप्त भएपछि खोजी गरिएको थियो। टर्चबालेर हेर्दा इनारभित्र खुट्टा देखिएपछि प्रहरीले शव रहेको पुष्टि गर्यो। सशस्त्र प्रहरीको […]

महोत्तरीमा मिनिट्रकबाट ५४७ किलो गाँजा बरामद

सामाजिक फीड-जनकपुरधाम, चैत ३ गते । महोत्तरीको बर्दिबासबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ । सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको बा.३ ख. ५८३२ नम्बरको मिनिट्रक जाँच गर्दा ३५ पोकामा लुकाइएको ५४७ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ । महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवारका अनुसार बर्दिबास नगरपालिका–३ स्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट गौरीडाँडामा शंका […]

जनकपुरमा होली खेल्ने क्रममा छुरा प्रहार गरी एक युवकको हत्या

सामाजिक फीड-जनकपुरधाम, चैत ३ गते । जनकपुरमा होली खेल्ने क्रममा विवाद हुँदा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका २३ बिन्धि बस्ने पप्पु यादवका १८ वर्षीय छोरा आशु यादवको हत्या भएको हो । धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार शनिबार साँझ ५ बजे होली खेल्ने क्रममा स्थानीय लक्षमण महतोका छोरा […]

सर्लाहीमा नक्कली नेपाली नोटसहित पाँच जना प्रहरीको फन्दामा

सामाजिक फीड-जनकपुरधाम, फागुन २८ गते । सर्लाहीबाट नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ परेका छन् । मलङ्गवा नगरपालिका–८, गोरखकाली नाकाबाट पक्राउ परेका उनीहरू नक्कली नोट बनाउन र फैलाउन संलग्न रहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरका ४२ वर्षीय खुर्सैद भन्ने सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका–९, चिलमिलियाका ५६ वर्षीय रामनारायण सहनी, सर्लाहीको धनकौल […]

मालपोत कार्यालय महोत्तरीका कर्मचारीसहित दुईजना घुससहित पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन २७ गते गते । भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिवछ महतो ३५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले उनीहरूलाई कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो । आयोगका अनुसार, पुख्र्यौली जग्गाको नक्सा सुधार र ट्रायल चेकमार्फत नयाँ कायम भएको जग्गाको पुर्जा बनाउन […]

मधेशका गृहमन्त्रीको पीएसओ यादवको मृत्यु

सामाजिक फीड– जनकपुरधाम, फागुन २७ गते मधेश सरकारका गृह, संचार र कानुन मन्त्री राजकुमार लेखीका सुरक्षा व्यवस्थामा कार्यरत प्रहरी सहायक निरीक्षक बिरेन्द्रकुमार यादवको मृत्यु भएको छ। आइतबार राति ११ बजेको समयमा अचानक पेट र छातीमा दुखाइ भएपछि यादवलाई स्थानीय अस्पतालमा पुर्‍याइएको थियो। त्यसपछि थप उपचारको लागि उनलाई नोवेल अस्पताल विराटनगर लैजानु परेको थियो, जहाँ उपचारको […]

बाराबाट अढाइ किलो लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन २० गते । बाराको अमलेखगन्जस्थित प्रहरी गस्ती टोलीले अढाइ किलो लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ। मंगलबार बिहान अमलेखगन्ज चौकमा हेटौंडाबाट वीरगन्तर्फ जाँदै गरेको प्र.३–०३–००२ प ८११ नम्बरको मोटरसाइकललाई  जाँच गर्दा सिटमुनी लुकाएर राखेको अढाए किलो अफिम बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता विजयराज पण्डितले बताएका छन् । मोटरसाइकल चालक  चितवन कालिका नगरपालिका–३ […]