सामाजिक फीड-
जनकपुरधाम, असोज ६ गते ।
पर्साबाट सशस्त्र प्रहरीले १९ किलो लागूऔषध चरेस बरामद गरेको छ ।
पोखरिया नगरपालिका ७ जगतपुर गाउँस्थित बाख्रा राख्ने छाप्रोमा कालोझोला भित्र लुकाइ राखेको अवस्थामा प्रहरीले चरेस बरामद गरेको हो ।
विओपी प्रसौनी भठ्ठाबाट सहायक प्रहरी निरीक्षक चेतन बाह्रकोटीको नेतृत्वमा पुगेको बरामद गरेको चरेसको १९ किलो १२६ ग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद चरेस इलाका प्रहरी कार्यालय पोखरीरियामा बुझाउने तयारी गरिरहेको जनाएको छ ।