Skip to main content

समाजिक फीड
जनकपुरधाम, असोज ७ गते ।

सप्तरीको सुरुङ्गा नगरपालिका–२, हर्दियास्थित एक पोखरीमा डुबेर आज दुई बालिकाको मृत्यु भएको छ।

ज्यान गुमाउनेमा स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरी रहेका छन्। दुवै बालिका नुहाउने क्रममा पोखरीमा डुबेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक ९प्रनाउ० जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन्।

उनका अनुसार स्थानीयवासीले घटना थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो। त्यसपछि स्थानीयको सहयोगमा पोखरीबाट दुबै बालिकाको शव निकालिएको हो।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *