Samajik Feed – News Portal from Nepal

समाजिक फीड
जनकपुरधाम, असोज ७ गते ।

रड र छुरा प्रहार गरी जनकपुरकी एक महिलालाई भारतमा श्रीमानले गरे हत्या, सासु-ससुरा फरार समाजिक फीड जनकपुरधाम, असोज ७ गते । भारतमा जनकपुरकी एक महिलाको श्रीमानले नै हत्या गरेका छन ।

जनकपुरका सुनचाँदी व्यवसायी पवन ठाकुरकी ३० वर्षीया छोरी तुलसी ठाकुरलाई उनका पति रजनीश ठाकुरले हत्या गरेका हुन् । हत्याको स्पष्ट कारण भने खुलिसकेको छैन । बिहार राज्यको दरभंगास्थित नेहराका रजनीश ठाकुरसँग तुलसीको विवाह भएको थियो । तुलसीकी पिता पवनका अनुसार दाइजो नल्याएको कारणले उनको हत्या गरिएको हो ।

रजनीशले आइतवार फलामको रडले टाउकोमा प्रहार र घाँटीमा छुरा प्रहार गरेपछि गम्भीर घाइते भएकी तुलसीको मधुवनीस्थित रामशीला अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । तुलसीकी बुवा पवनको जाहेरीको आधारमा प्रहरीले रजनीशलाई पक्राउ गरेको छ भने उनका परिवारका अन्य सदस्य फरार रहेको उल्लेख गरिएको छ । करिब १५ वर्षअघि तुलसी र रजनीशको विवाह भएको थियो । उनीहरूका तीन सन्तान छन् । छिमेकीहरूले बताएअनुसार रजनीशले लामो समयदेखि तुलसीमाथि हिंसा गर्दै आएका थिए । अत्याचार सहन नसकी तीन वर्षअघि तुलसी माइतीघर जनकपुर आएकी थिइन् ।

तर केही महिनापछि फेरि उनी पतिको घर फर्किएकी थिइन् । मृतक तुलसीकी पिता पवनका अनुसार तुलसीमाथि पति र सासु–ससुराले निरन्तर यातना दिँदै आएका थिए । बुवा आमा समेतको सहयोगमा रजनीशले छोरीको हत्या गरेको पवनको आरोप छ । उनले छोरीको हत्यारालाई कडा कारबाहीको समेत माग गरको छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *