समाजिक फीड
जनकपुरधाम, असोज ७ गते ।
जेनजी आन्दोलनका क्रममा वीरगन्जमा भएको प्रदर्शनको बीच घाइते भएकी एक महिलाको मृत्यु छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुङ्टाको घरमा लगाइएका आगोबाट घाइते भएकी महिलाको क्रममा मृत्यु भएको हो ।
पर्साको सखुवाप्रसौनी गाउँपालिका–२ निवासी ४५ वर्षीया शोशिला देवी हजराको सोमबार काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा निधन भएको पर्सा प्रहरीले जनाएको छ।
हजरा रुङ्टाको घरमा घरेलु कामदारका रूपमा कार्यरत थिइन्। आगलागीमा उनको शरीरको करिब ५० प्रतिशत भाग जलेको थियो। प्रारम्भिक उपचारपछि वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिए पनि अवस्था गम्भीर भएपछि उनलाई कीर्तिपुर रिफर गरिएको थियो।
उक्त घटनामा भारत बिहारको सुगौलीका १८ वर्षीय विनय यादव पनि गम्भीर घाइते भएका छन्। उनको शरीरको करिब ९० प्रतिशत भाग जलेको छ। हाल उनी पनि कीर्तिपुरस्थित बर्न अस्पतालमै उपचाररत छन् र स्वास्थ्यमा सुधार भइरहेको प्रहरीको भनाइ छ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।