मधेशमा एमाले सहितको तीनदलीय गठबन्धनको सरकार, मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सामाजिक फीड– जनकपुरधाम, जेठ ८ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आज विश्वासको मत लिन लागेका छन् । त्यसका लागि दिउँसो १ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ । जनमत पार्टीले गत वैशाख २१ गते सरकारबाट समर्थन फिर्ता लिएपछि जेठ १ गते विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरिएको थियो । तर आफ्नै पार्टी […]
मधेस प्रदेशको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा अझै घट्ने, यस्तो छ कारण

सामाजिक फीड– जनकपुरधाम, जेठ ७ गते । मधेस प्रदेशको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा अझै घट्ने देखिएको छ। पर्याप्त वर्षा नहुँदा कृषि उत्पादनमा परेको प्रत्यक्ष असरले यस्तो अवस्था सिर्जना भएको हो । विशेषगरी धान, मत्स्य तथा वन क्षेत्रको उत्पादन घटेपछि प्रदेशको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गतको तथ्याङ्क समन्वय कार्यालय धनुषाले जनाएको छ। कार्यालयले […]
मधेसको अमलेखगञ्ज डिपोमा पाइपलाइनबाट दोब्बरले बढ्यो पेट्रोल आयात

सामाजिक फीड– जनकपुरधाम, जेठ ७ गते । नेपाल आयल निगमको अम्लेखगञ्ज डिपोमा पाइपलाइनमार्फत पेट्रोल आयात सुरु भएपछि पेट्रोल आयात दोब्बरले बढेको छ । गत आर्थिक वर्ष १ लाख ८४ हजार किलोलिटर पेट्रोल आयात भएकोमा चालु आर्थिक वर्ष ४ लाख किलोलिटर पुगेको निगमले जनाएको छ । डिजेल आयातमा भने सामान्य वृद्धि भएको छ । डिपो प्रमुख अशोक साह […]
सिराहामा २६ ग्राम ब्राउनसुगरसहित तीन जना पक्राउ

सामाजिक फीड– जनकपुरधाम, जेठ ७ गते । सिराहा प्रहरीले २६ ग्रामभन्दा बढी प्रतिबन्धित लागूपदार्थ ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही गाउँपालिका-४ का ३२ वर्षीय रामउदगार यादव, सिराहा नगरपालिका–२२ का ३६ वर्षीय राम बिलेक्षण यादव र भारतको विहार राज्य अन्तर्गत मधुवनी ग्राम पञ्चायत खाजेडी–५ का अन्दाजी २१ वर्षीय चन्दन कामती रहेका छन् । जिल्ला […]
जिवनाथ चौधरीलाई सर्वोच्चको झड्का, भ्रष्टाचार मुद्दामा विचाराधीन रहेकाले उनी सरकारको सल्लाहकार बन्न नमिल्ने

सामाजिक फीड– जनकपुरधाम, जेठ ६ गते । भ्रष्टाचार मुद्दामा विचाराधीन रहेका वा दोषी ठहर भइसकेका व्यक्तिलाई सल्लाहकार नियुक्त गर्न नपाइने व्यवस्था गर्न सर्वोच्च अदालतले मधेस प्रदेश सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। मधेस प्रदेश सरकारका तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका जीवनाथ चौधरीलाई सल्लाहकार नियुक्त गरेपछि परेको रिटमाथि […]
जलेश्वर कारागारबाट भागेका २५० कैदीबन्दी अझै फरार

सामाजिक फीड– जनकपुरधाम, जेठ ६ गते । जेन-जी’ आन्दोलनको अवसर पारेर २४ भदौ २०८२ मा महोत्तरीस्थित जलेश्वर कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै २५० जना फरार रहेका छन् । मजलेश्वर नगरपालिका-२ मा रहेको जलेश्वर कारागार तोडेर भागेका कुल ५७६ जना कैदीबन्दीमध्ये हालसम्म ३२६ जना फर्किसकेको जेल प्रशासनले जनाएको छ । जेलर अशोककुमार क्षेत्रीका अनुसार फर्किने क्रम अझै जारी छ […]
सिरहाको लहान, गोलबजार र मिर्चैयामा ६ वर्षमा पनि सडक नबन्दा यात्रु हैरान, चौथो पटक म्याद थप्ने तयारी

सामाजिक फीड– जनकपुरधाम, जेठ ६ गते । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान, गोलबजार र मिर्चैया क्षेत्रमा सडक विस्तारको काम छ वर्षदेखि अधुरै हुँदा यात्रु र स्थानीयले धुलो, हिलो र जामको सास्ती खेप्न बाध्य भएका छन् । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा निर्माण भइरहेको कञ्चनपुर–कमला सडक खण्डको ८६ दशमलव ८३ किलोमिटर सडक आयोजना निर्धारित समयमै पूरा […]
वीरगन्ज महानगरको कडा निर्णय : सेवा बन्द गरेर मन्त्रालयलाई साँचो बुझाइने

सामाजिक फीड–जनकपुरधाम, जेठ ५ गते । वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर चार महिनादेखि जारी विवाद झन् चर्किएको छ । संघ सरकारले विवाद समाधानका लागि कुनै पहल नगरेको भन्दै महानगरपालिकाले सम्पूर्ण सेवा बन्द गर्ने र कार्यालयको साँचो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बुझाउने महानगरले निर्णय गरेको छ । महानगर प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज […]
मधेशमा जसपाको संसदीय दलको नेता को बन्ने विषयमा विवाद चर्कियो, यी हुन् प्रमुख दाबेदारहरु
सामाजिक फीड–जनकपुरधाम, जेठ ५ गते । मधेश प्रदेशमा संसदीय दलको नेता को बन्ने विषयमा जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र विवाद चर्किएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसँग एकीकरणपछि दलको नेता चयनमा विवाद उत्पन्न भएको हो । तत्कालीन जसपा र लोसपा दुबै पार्टीका संसदीय दलका नेताले एकीकृत पार्टीको संसदीय दलको नेतामा दावी गरिरहेका छन् । जसपाभित्रको […]
सिरहामा डोजर लगाएर दलित बस्ती भत्काइँँदा ५० परिवार बिचल्लीमा

सामाजिक फीड–जनकपुरधाम, जेठ ५ गते । सिराहाको नवराजपुर गाउँपालिका-४, नहरनियाँस्थित विपन्न दलित बस्तीमा गाउँपालिकाले डोजर लगाएर घर भत्काइदिएपछि करिब ५० परिवार बिचल्लीमा परेका छन् । ऐलानी जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका स्थानीयको घर वैशाख ३० गते डोजर प्रयोग गरेर भत्काइएको थियो । घर भत्काइएपछि प्रभावित परिवार त्रिपाल टाँगेर बस्न बाध्य भएका छन् । चर्को गर्मी, […]