Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम,असार ४  गते ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

बोर्डको शुक्रबार बसेको बैठकले गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो।

यस वर्ष कक्षा १२ परीक्षामा सहभागी कुल ४ लाख १८ हजार १७० विद्यार्थीमध्ये ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये ६९.७५ प्रतिशत विद्यार्थीले परीक्षा उत्तीर्ण गरेका बोर्डले जनाएको छ।

यस्तै, आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थीले परीक्षा दिएकोमा ४२.३८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

बोर्डका अनुसार यस वर्ष परीक्षामा सहभागीमध्ये ४० जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *