मजदुरी गर्दै पढेका सिरहाका दलित युवकले एमबीबीएस पुर्ण छात्रवृत्तिमा नाम निकाले

सामाजिक फीड-जनकपुरधाम, पुस १३ गते । सिरहाको बरियारपट्टी गाउँपालिका–२ का दलित समुदायका सत्यनारायण साफीले मजदुरी गर्दै पढाइ जारी राख्दै एमबीबीएसको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । आर्थिक अभाव, पारिवारिक जिम्मेवारी र निरन्तर संघर्षका बीच उनले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको प्रवेश परीक्षामा सफलता हात पारेका हुन् । बरियारपट्टीको श्रीपुर गाउँमा बसोबास गर्ने […]
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, पुस ९ गते । सर्लाहीको लालबन्दीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्रु मलङ्गवा नगरपालिका–७, मुसैली बस्ने ७० वर्षीय रामविलास महतो छन् । पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुर लखन्देही पुलमा नवलपुरबाट हरिवनतर्फ जाँदै गरेको ना ६३ प ५६९४ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा महतो गम्भीर घाइते भएका थिए […]
मधेस प्रदेशः बोलपत्रको सूचना एक प्रतिमा मात्र प्रकाशित गरी भ्रष्टाचार गरेको भन्दै सम्पादकसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सामाजिक फीड-जनकपुरधाम, पुष ९ गते । पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफासहित ३ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । आयोगले गैरकानुनी लाभ वा हानि पुर्याइ भ्रष्टाचार गरेको आरोपमा मुस्तफासहित नगरपालिकाका सहलेखापाल उपेन्द्रकुमार साह र जन प्रतिबिम्ब दैनिकका प्रकाशक तथा प्रधानसम्पादक संजयकुमार साहविरुद्ध मुद्दा दायर […]
अत्यधिक चिसो र शीतलहरले धमाधम बन्द हुन थाले मधेशका विद्यालय

सामाजिक फीड-जनकपुरधाम, पुष ८ गते । अत्यधिक चिसो र शीतलहरका कारण मधेश प्रदेशका विद्यालयहरुमा धमाधम विदा दिन थालिएको छ । केही दिनयता अत्यधिक चिसो बढेपछि बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै विद्यालयहरुमा विदा दिन थालिएको हो ।महोत्तरीको भंगहा र रामगोपालपुर नगरपालिकामा सञ्चालित सबै सामुदायिक तथा धार्मिक तथा संस्थागत विद्यालय अगामी आइतबारबाट मात्रै खुल्नेछ । […]
जाडोले कष्टकर बन्यो मधेशको जनजीवन, गरिब बस्तीको बिचल्ली

सामाजिक फीड-जनकपुरधाम, पुष ७ गते । पुस महिना सुरु भए लगतै बढ्दै गएको जाडोले मधेस प्रदेशको जनजीवन नराम्ररी प्रभावित बनेको छ । अहिले केही दिन यता बिहानदेखि नै मध्याह्नसम्म बाक्लो हुस्सुले ढाकेर चिसो बतास चल्न थालेसँगै गरिब एवं विपन्न बस्तीका बासिन्दाको बिचल्ली भएको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका जिल्लाको […]
मधेश प्रदेशको सभामुखका लागि आज निर्वाचन हुँदै

सामाजिक फीड-जनकपुरधाम, पुष ६ गते । मधेश प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । सभामुखका लागि परेको दुई वटै उम्मेदवारीलाई आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा निर्णयार्थ प्रस्तुत गरिनेछ । पद अनुकुलको आचरण नगरेको भन्दै सातदलीय गठबन्धनले यसअघिका सभामुख रामचन्द्र मण्डललाई मंसिर ३ मा दुई तिहाइ बहुमतबाट हटाएपछि नयाँ […]
जनकपुरको सुरक्षा हस्पिटल सहित धनुषाका चारवटा औषधी पसल शिल गरियो
सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । दर्ता नै नगरी सन्चालन गरिएका जनकपुरका तीन सहित धनुषाका चारवटा औषधि पसल शिल गरिएको छ । औषधि व्यवस्था विभाग वीरगन्ज शाखाले अनुगमनको क्रममा चारवटा औषधी पसललाई शिलबन्दी गरिएको शाखा प्रमुख तथा औषधि व्यवस्थापक शम्भु साहले जानकारी दिए । उनका अनुसार रामानन्द चोकमा रहेको जनकपुर सुरक्षा हस्पिटल फार्मेसी, प्रशान्त मेडिकल […]
मधेस प्रदेशका मुख्यमन्त्री आज विश्वासको मत लिँदै

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन् । प्रदेश सभा सचिवालयका अनुसार शुक्रबार अपरान्ह ४ बजे बोलाइएको प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । मंसिर १९ गते नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम ६ दलका ७७ जना प्रदेश सभा सदस्यको […]
सर्लाही क्षेत्र नं. ४ मा मापदण्ड विपरीत उम्मेदवार सिफारिस भएको आरोप

सामाजिक फीड-जनकपुरधाम, पुस ३ गते । प्रतिनिधिसभा निर्वाचननका लागि नेपाली कांग्रेसले सर्लाही क्षेत्र नं. ४ बाट उम्मेदवार सिफारिस मापदण्ड विपरीत गरेको आरोप लागेको छ ।आगामी फागुन २१मा हुने निर्वाचनका लागि सर्लाही ४ क्षेत्रीय कार्यसमितिको मंसिर २३ मा भएको बैठकबाट मधेश प्रदेशसभा सदस्य विरेन्द्र प्रसाद सिंहको एकल नाम सिफारिस गरिएको थियो ।नेपाली कांग्रेसका महासमिति सदस्य इन्जिनियर […]
मधेस प्रदेश सभा बैठक आज बस्दै

सामाजिक फीड-जनकपुरधाम, पुष २ गते । मधेस प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । हाल रिक्त रहेको सभामुख चयनको प्रक्रिया अगाडि बढाउन प्रदेश सभा सचिवालयले बैठक आह्वान गरेको हो । प्रदेश सभा बैठकअघि आज बिहान ११ बजे उपसभामुख बबिता राउत ईशरको कार्यकक्षमा सर्वदलीय बैठक बोलाइएको छ ।प्रदेश सभा बैठकबाट सभामुख निर्वाचन प्रक्रिया अनुमोदन […]