सामाजिक फीड–
जनकपुरधाम, वैशाख ८ गते ।
रौतहटबाट पेस्तोल सहित २० वर्षीय युवक पक्राउ जनकपुरधाम रौतहटबाट पेस्तोल सहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले भारतको पूर्वी चम्पारणस्थित मौवाह ग्रामपञ्चायत चनारमण टोलका २० वर्षीय सूर्यकुमार दासलाई नलकटुवा पेस्तोलसहित पक्राउ गरेको हो । बौधीमाई नगरपालिका-७ बंकुल स्थित मां इँटाभट्टा नजिक चेकजाँचका क्रममा उनलाई पक्राउ गरेको जिल्ला प्रहरीका डीएसपी विष्णुप्रदीप बस्यालले बताए ।
भारतबाट हतियारसहित प्रवेश गरेको सूचना पाएलगत्तै चेकजाँच गर्ने क्रममा दास पक्राउ परेको उनको भनाइ छ । डीएसपी बस्यालका अनुसार दासले कहाँबाट हतियार ल्याए र कहाँ लैजान लागेका हुन् भन्ने खुल्न बाँकी छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।