Samajik Feed – News Portal from Nepal

जनकपुरबाट सहकारीको ८० लाख रुपैयाँ लुटियो

सामाजिक फीड-जनकपुरधाम, वैशाख २४ गते । जनकपुरधामबाट हतियारधारीले सहकारीको ८० लाख रुपैयाँ लुटेका छन् । धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुरको शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख रकम लुटिएको हो । सहकारीका कर्मचारी विरेन्द्र महतोले एक बैंकबाट निकालेर लैजाँदै गरेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिका १९ थुम्हौना भन्ने स्थानबाट आज दिउँसो १ बजेतिर हतियारधारीले पेस्तोल देखाएर लुटेका […]

विद्यार्थीको अनुपातमा शिक्षकको माग गर्दै आन्दोलनसहित आजपाले बुझायो ज्ञापनपत्र

बारा, २३ वैशाख । प्रभु साह नेतृत्वको आमजनता पार्टी जिल्ला कमिटी बाराले प्रदर्शनसहित आइतबार जिल्ला प्रशासन कार्यालय कलैया, बारामार्फत संघीय र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ। शिक्षा ऐन विपरीत गरिएको शिक्षक दरबन्दीको असमान वितरण खारेज गर्न र विद्यार्थी संख्याको अनुपातमा तहगत र विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाएको आइटी आर्मीका केन्द्रीय सदस्य रामशरण यादवले […]

जनकपुर जयनगर रेल सेवा आजदेखि तीन दिन बन्द रहने

सामाजिक फीडजनकपुरधाम , बैशाख २३ गते । जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म बन्द गरिने भएको छ । भारतमा हुने लोकसभा निर्वाचनलाई मध्येनजर गरि रेलसेवा बन्द गर्ने निर्णय गरिएको हो । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ अर्थात वैशाख २५ गते लोकसभा चुनाव हुनलागकोले रेलसेवा तीन दिन बन्द रहेन नेपाल रेल्वे कम्पनी लिमिटेडद्वारा […]

प्रदेश राज्यमन्त्री चौधरीद्वारा बर्थिङ सेन्टर शिलान्यास

समाजिक फीड,जनकपुरधाम , वैशाख २१ गते । मधेश प्रदेश सरकारका स्वास्थ तथा जनसंख्या राज्य मन्त्री केशव राय चौधरीले रौतहटको कटहरिया नगरपालिका ३ स्थित बर्थिङ सेन्टरको शिलान्यास गरेका छन् । कटहरिया ३ बिर्ती प्रष्टोका गाउँ छेउ शुक्रवार एक समारोहका बिच विधिवत रूपमा ब्राह्मण द्वारा मन्त्रोच्चारण पश्चात कार्यक्रमका प्रमुख अतिथि राज्य मन्त्री चौधरीले बर्थिङ सेन्टरको शिलान्यास गरेका […]

सर्लाहीमा भीषण आगलागी, करिब सय घर जले

सामाजिक फीड, सर्लाही, २० वैशाख । सर्लाहीको विष्णु गाउँपालिका–१ स्थित बाराउद्योरण गाउँमा भीषण आगलागी भएको छ । आगलागीमा हुँदा करिब ६५ घर जलेका छन् । बिहीबार दिउँसो स्थानीय शत्रुघन राउतको घरमा लागेको आगोपछि ग्याँस सिलिण्डर विस्फोट हुँदा गाउँका करिब ६५ घर पूर्ण रूपमा जलेको वडाध्यक्ष विकाउ ठाकुरले जानकारी दिए । नगरप्रमुख जवाहरलाल यादवले बाराउद्योरण गाउँमा […]

एक महिनामै आगलाडीबाट करिब ५३ करोडको क्षति

सामाजिक फीड जनकपुरधाम , बैशाख २० गते । लामो समयदेखि खडेरी र तापक्रम वृद्धिकाबीच मधेश सहित देशभरका अिधिकांस जिल्लामा आगलागी फैलिएको छ । गृह मन्त्रालयको विपद् पोर्टलको अभिलेख अनुसार गत चैत १८ देखि एक महिनामा ७४ जिल्लामा १ हजार ४ सय ११ वटा आगलागी तथा वन डढेलोका घटना भएका छन् । सबैभन्दा बढि लुम्बिनीमा ३९९, […]

वीरगञ्जमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा चार जना पक्राउ

सामाजिक फीड, वीरगंज, १९ । वीरगंजमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एक भारतीय नागरिक सहित चार जनालाई हिजो साँझ पक्राउ गरेको छ । सोमबार विहान बीरगन्जको नबिल बैंक बाइपास शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको थियो । उक्त घटनाको छानबिनको क्रममा प्रहरीले १ भारतीय नागरिक सहित ४ जनालाई […]

मधेशमा अत्यधिक गर्मीको प्रकोप, सुक्न थाले खोला–नाला

सामाजिक फीड, बैशाख १९ रौतहट । राैतहटस्थित लाल वकैया नदीलगायत स-साना खाेला नाला सुक्न थालेपछि चाैपाया र चारा चुरुङ्गी मर्न थालेका छन् । करिब दुई महिना आगाडिदेखि लाल बकैया नदी सुकेका छन् । पछिल्लो पटक २०८९ साल फाल्गुन महिनामा पानी परेको थिय । त्यसपछि लागातार तापक्रम दैनिक बढोतरी हुँदै आएको छ । हिजो ( मंगलबार […]

धनुषामा मृत फेला परेका युवकको पहिचान

सामाजिक फीड-जनकपुरधाम, वैशाख १८ गते । धनुषामा सोमबार बिहान मृत फेला परेका युवकको पहिचान खुलेको छ । मृतक युवक भारतको विहार मधुवनी जिल्लाको बासोपट्टी वडा नम्बर १ का ३२ वर्षीय मोहम्मद नवाउदिन रहेका प्रहरीले जनाएको छ । सोमबार बिहान धनुषाको नगराइन नगरपालिका २ जटही स्थित आँपको बगैंचामा उनको वेवारिशे शव फेला परेको थियो । धनुषाका […]

जनकपुरधामबाट ब्रोइलर कुखुरासहित पिकअप बरामद

सामाजिक फीड-जनकपुरधाम, वैशाख १७ गते । धनुषाबाट ब्रोइलर कुखुरासहित पिकअप बरामद भएको छ । आज साँझसाढे ६ बजेको समयमा जनकपुर उप–महानगरपालिका ४ स्थित सडक खण्डमा दक्षिण भारतबाट नेपाल तर्फ भन्सार छली आउँदै गरेको ज. १ च. ८७४ नम्बरको पिकअप बरामद गरेको हो । अन्दाजी ४६८ किलोग्राम ब्रोइलर कुखुरकासहित पिकअप नियन्त्रणमा लिएको र चालक फरार भएको […]

error: Content is protected !!