Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ २१ गते ।

सर्लाहीमा आज बिहान कार आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु र तीन जना घाइते भएका छन् । आज बिहान करिब अढाई बजे ईश्वरपुर नगरपालिका १२ पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाँके जंगलमा कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईका अनुसार दुर्घटनामा परेर रुपन्देहीको बुटवल उपमहानगरपालिका १ बस्ने २७ वर्षीय शुभम जैसवालको मृत्यु भएको छ । यस्तै, उक्त दुर्घटनामा परेर कार चालक बुटवल १ बस्ने २३ वर्षीय साहिल बर्मा, ४८ वर्षीय बृजकिशोर बर्मा र ५२ वर्षीय संजय जैसवाल घाइते भएका छन् । उनीहरुको महोत्तरीको बर्दिबास स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भईरहेको छ ।

काँकडभिट्टाबाट बुटवलतर्फ जाँदै गरेको लु ३ च ५४७२ नम्बरको कार आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *