सामाजिक फीड-
जनकपुरधाम, माघ २३ गते ।
धनुषामा सडक छेउमा एक महिलाको शव फेला परेको छ । औरही गाउँपालिका वडा नम्बर १ पौडेसरमा अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको हो ।
धनुषाका प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले महिलाको टाउकोमा घाउ देखिएकाले हत्या गरेर फालेको हुनसक्ने देखिएको बताए ।
आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार घटना हिजो रातिकै हुन सक्ने आशंका छ ।
महिलाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।