सामाजिक फीड-
जनकपुरधाम, माघ २२ गते ।
धनुषाका दुई युवक लागूऔषध गाँजा सहित सीमापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिकाका रौशन कुमार र फुलेश कुमार यादव रहेको बिहार प्रहरीले जनाएको छ।
गोप्य सूचनाको आधारमा बिहार प्रहरीले मधुबनी जिल्लाको हरलाखी थाना अन्तर्गत पर्ने हरने पुल नजिक मोटरसाइकलमा सवार दुबै युवकलाई पक्राउ गरेको हो।
नेपालबाट भारत तर्फ गाँजा तस्करी भइरहेको सूचना पाएपछि एसएसबी र हरलाखी थानाबाट खटेको प्रहरी टोलीले उनीहरु सवार मोटरसाइकल रोकी चेकजाँच गर्दा तीन किलोग्राम गाँजा बरामद गरेको हो ।
उनीहरुको साथबाट बिहार प्रहरीले गाँजासहित मोटरसाइकल १ थान, नेपाली रुपैयाँ ५ हजार ८ सय र एउटा डेबिट कार्ड बरामद गरेको हो ।