रौतहटबाट ३ जना लागुऔषध कारोबारी पक्राउ

सामाजिक फीडजनकपुरधाम , माघ २४ गते । रौतहटबाट ३ जना लागूऔषध कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सर्लाहीको बागमती नगरपालिका १२ बथाने टोलका २२ वर्षीय राजन मोक्तान , सोही ठाउँका वर्ष २३ का सुजन मोक्तान र वर्ष २९ की असली माया बल रहेको प्रहरीले जनाएको छ। विशेष सूचनाको आधारमा देवाही गोनाही नगरपालिका ८ गोनाही […]
सिरहाका एक किसानले रातो काउली फलाएपछि हेर्नेको भीड

रासस-सिरहा, माघ २४ गते । सिरहाको लहान नगरपालिका—२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली फलाउन सफल भएका छन् । उनले उत्पादन गरेको गुलाबी र पहेँलो रङ्गका आकर्षक उक्त काउली हेर्न अहिले घुइँचो नै लाग्न थालेको छ । उनले भने “सात वर्षपहिले वैदेशिक रोजगारीमा हुँदा इन्टरनेटमा यस्तो काउली देखेको थिएँ । स्वदेश […]
किसान आन्दोलनको समचार संकलन गर्न चिनी मिलमा पुगेका पत्रकारमाथि कुटपिट

सामाजिक फीड-जनकपुरधाम, माघ २३ गते । रौतहटको कटरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एन्ड केमिकल प्रालिमा एक पत्रकारमाथि निर्घात कुटपिट भएको छ । मंगलबार समचार संकलनका लागि पुगेका पत्रकार कृष्ण तिवारीमाथि मिल सञ्चालकले कुटपिट गरेका हुन् । किसानले लगेको १०० क्विन्टल उँखुलाई उद्योगले ७० क्विन्टल देखाइदिएपछि आन्दोलनमा उत्रिएका किसानको समाचार संकलनमा पुगेको बेला सञ्चालक अजय […]
सर्लाही दुर्घटनामा घाइते नापी कार्यालयका सहयोगीको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, माघ २३ गते । सर्लाही दुर्घटनामा घाइते भएका नापी कार्यालयका सहयोगी विनोद घिमिरेको मृत्यु भएको छ । सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ५ का बासिन्दा घिमिरेको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार राति ८ बजे नापी कार्यालयका कर्मचारीहरू चढेको बिआर ०६ पिडी ९६४८ नम्बरको भारतीय नम्बर प्लेटको गाडी सर्लाहीको मलंगवा […]
मधेश प्रदेशमा सडक दुर्घटनामा ६ महिनामै २५५ जनाको ज्यान गयो

सामाजिक फीडजनकपुरधाम , माघ २२ गते । छ महिनामै मधेश प्रदेशमा सडक दुर्घटनामा परी दुई सय ५५ ले ज्यान गुमाएका छन। चालु आर्थिक वर्ष २०८०र८१ को छ महिनामा साना तथा ठूला चार हजार चार सय ७७ सडक दुर्घटना भएको छ । जसमा पाँच हजार ६६ जना घाइते भएका बाराको पथलैयास्थित मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयले […]
जलेश्वर कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

रासस-जलेश्वर, माघ २१ गते । जिल्ला सदर मुकाम जलेश्वरस्थित कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएका छन् । जलेश्वर नगरपालिकाको वडा नं १ स्थित सो कारागारमा दुई सय कैदीबन्दी राख्ने क्षमता भएपनि छ सय दुई राखिएका छन् । जलेश्वर कारागार कार्यालय महोत्तरीका प्रवक्ता रवीनचन्द्र ठाकुरले कारागारभित्रका कैदीबन्दीमा विभिन्न समस्या उत्पन्न हुन थालेको बताए। विसं १९१३ […]
आज बिहानैदेखि जनकपुर बजार बन्द

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । प्रहरी प्रशासनको विरोधमा जनकपुरधामका व्यवसायीहरूले आज दिउँसो २ बजेसम्मका लागि बजार बन्द गराएका छन् ।जनकपुरधाम उद्योग बाणिज्य संघको आह्वनमा आज बिहानैदेखि बजार, उद्योग र व्यवसाय बन्द छ । बिल बिजकबिना सुनको अबैध कारोबार गरेको भन्दै गत बुधबार धनुषा प्रहरीले जनकपुरधामका सुनचाँदी व्यावसायीहरू बलराम साह, अरूण ठाकुर तथा सिरहा मिर्चैयाका […]
सिरहाबाट लागूऔषधसहित दुई छोरा र बुबा पक्राउ

सामाजिक फीड-जनकपुरधाम, माघ १९ गते । सिरहाबाट लागूऔषधसहित दुई छोरासहित बुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा लहान नगरपालिका वडा नं. ७ का ५५ वर्षीय राजकुमार ठाकुर र उनका छोराद्वय वर्ष २९ का प्रमोद कुमार ठाकुर र वर्ष २५ का राकेश कुमार ठाकुर छन् । लागूऔषध कारोबार गरी राखेको गोप्य सुचनाको आधारमा लागूऔषध ब्युरो जनकपुर […]
सभामुख क्रिकेट कप : ६ विकेटले जित्दै धनुषा फाइनलमा

सामाजिक फीड-जनकपुरधाम , माघ १८ गते । जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० को फाइनलमा धनुषा आफ्नो स्थान सुरक्षित गरेको छ । विहीबार बारालाई ६ विकेटले पराजित गर्दै धनुषा फाइनलको यात्रा तय गरेको हो । सिरहा बुधबार नै महोत्तरीलाई पराजित गर्दै फाइनलमा पुगेका थिए । अव उपाधिको लागि शनिबार धनुषा र सिरहाबीच प्रतिस्पर्धा हुने छन् […]
कसैले राजतन्त्र ल्याउने व्यर्थ कोशिष नगर्नु : माधव नेपाल

समाजिक फीडजनकपुरधाम, माघ १८ गते । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले अहिले प्रतिगामी शक्तिले संविधानलाई समाप्त पार्नका लागि कोशिस गरिरहेको बताएका छन्। उनले इतिहास भइसकेका, हराइसकेका, उपाधियता समाप्त भइसकेका केही शक्ति राजतन्त्रलाई फेरि ब्युताउन खोजीरहेको बताए। बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले केही शक्ति राजतन्त्रलाई फेरि […]