समाजिक फीड
जनकपुरधाम, असोज २४ गते ।
सर्लाहीमा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । शुक्रबार बिहान बलरा नगरपालिका–१०, सुदामा गाउँका २८ वर्षीय विवेक भन्ने हरिशङ्कर चौधरीको मनुष्मारा खोलामा डुबेर मृत्यु भएको हो ।
सुदामा ब्यारेज भन्दा ३० मिटर पूर्वतर्फ खोलाको पानीमा डुबिरहेको अवस्थामा चौधरीको शव फेला जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए ।
राईका अनुसार बिहीबार बेलुकादेखि चौधरी बेपत्ता थिए ।