Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, असोज २४ गते ।

सिरहामा दुई क्विन्टलभन्दा बढी लागूऔषध गाँजा बरामद गरेको छ । भगवानपुर गाउँपालिका(२ स्थित बलान नदीको किनार क्षेत्रबाट सशस्त्र प्रहरीले २ क्वीन्टलबढी गाँजा नियन्त्रणमा लिएको हो ।

शुक्रबार बिहान ३ बजेको समयमा बलान खोला किनारमा गाँजा रहेको भन्ने गोप्य सूचनाका आधारमा सशस्त्रको टोलीले ९ वटा बोरामा रहेको २ सय १९ किलो ४ सय ग्राम गाँजा बरामद भएको सशस्त्रका सिरहाका एसपी नरेश भण्डारीले बताए ।

आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उक्त गाँजा जिल्ला प्रहरी कार्यालय, सिरहामा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *