Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज २६
 गते ।

रौतहटमा प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित चारजनालाई नियन्त्रणमा लिएको छ । गुजरा नगरपालिका–२, कटानी टोलबाट छुट्टा छुट्टै स्थानबाट चारजनालाई पक्राउ गरेको हो ।

शनिबार राति करिब साढे ९ बजेको समयमा विशेष सूचनाको आधारमा खटेको प्रहरी टोलीले काठमाडौँका २० वर्षीय कोमन गुरुङ र सिन्धुलीका २१ वर्षीय मनिष घलानलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले खानतलासीका क्रममा मनिषको पाइन्टको गोजीबाट कालो प्लास्टिकमा बेरेर लुकाइएको ९।३०० ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको थियो ।

उनीहरूको बयान र थप अनुसन्धानका आधारमा आइतबार बिहान करिब साढे ९ बजेको समयमा प्रहरीले कटानी टोलकै ४० वर्षीय सञ्जु भन्ने ज्ञानबहादुर थिङ र २० वर्षीय आजत अन्सारीलाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख प्रहरी नायव उपरीक्षक रुपा लाबुङका अनुसार, सञ्जुको घर खानतलासी गर्दा स–साना २० वटा पुरिया ब्राउन सुगरजस्तो देखिने पदार्थ १।८६० ग्राम, नाइट्राजेपाम लेखिएको १३ थान ट्याबलेट र नगद रू ६५ हजार १ सय बरामद भएको छ। बरामद लागूऔषधको प्रारम्भिक परीक्षण भइरहेको र चारै जनामाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *