Samajik Feed – News Portal from Nepal

मिटरब्याज पीडितमाथि खुकुरी प्रहार प्रयास गर्ने पक्राउ

सामाजिक फीड-जनकपुरधाम, पुस २४ गते । सिरहामा मिटरब्याज पीडितमाथि दुव्र्यबहारसंगै खुकरी प्रहारको प्रयास गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–८ अरङका स्थानीय रामनारायण सिंह छन् । छिमेक मिटरब्याज पीडित संजयकुमार कामतीमाथि दुव्र्यबहारसंगै खुकुरी प्रहारको प्रयास गर्ने सिंहलाई मंगलबार दिउँसो घरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र वस्नेतले जानकारी दिए […]

सिरहामा मिटरब्याजपीडितमाथि कुटपिटसंगै खुकुरी प्रहारको प्रयास

सामाजिक फीड-जकपुरधाम, पुस २४ गते । सिरहामा एक मिटरब्याज पीडितमाथि कुटपिटसंगै खुकुरी प्रहारको प्रयास भएको छ । मिटरब्याजीले हत्याएर अरुसित बेचिसकेको घरमा पीडित पस्न खोजेपछि कुटपिटसंगै खुकरी प्रहारको प्रयास भएको हो । सिरहाको कल्याणपुर नगरपालिका–८, अरङका संजयकुमार कामतीमाथि कुटपिट दुव्र्यबहार गर्दै खुकुरी प्रहार प्रयास भएको हो ।घरजग्गा खरिद गरिसकेका स्थानीय रामनारायण सिंहसहितकाले पीडित संजयमाथि सोमबार […]

मधेश प्रदेशमा बढ्यो माछा उत्पादन

सामाजिक फीड जनकपुरधाम, पुस २४ गते । मधेश प्रदेशमा माछाको उत्पादन वृद्धि भएको छ । प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन मधेश प्रदेशक कितावमा गत अर्थिक वर्ष २०७९।०८० मा ४३ हजार ३ सय ८६ मेट्रिक टन माछा उत्पादन भएको उल्लेख छ । प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा ५.२७ प्रतिशतले माछा उत्पादनमा वृद्धि आएको हो । प्रदेशमा […]

बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका युवाको शोकमा एकदिने विदा

समाजिक फीड जनकपुरधाम, पुस २३ गते । सर्लाहीको बरहथवा नगरपालिकाले सोमवार एकदिने शोक विदा दिएको छ । प्रहरीको गोली लागेर मृत्यु भएको स्थानीय युवा जयशंकर साहप्रति श्रद्दाञ्जलि व्यक्त गर्दै नगरपालिकाको कार्याल्यले विदा दिएको हो ।नगरपालिका कार्यालय, वडा कार्यालयहरु, शैक्षिक लगायत नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी एवं गैरसरकारी संघ संस्थामा बिदा दिइएको नगरप्रमुख कल्पना कटुवालद्धारा जारी सूचनामा […]

सप्तरीबाट सुरु भएको चुरे संकल्प पद यात्रा जनकपुरमा

सामाजिक फीड-जनकपुरधाम, पुस २३ गते । सप्तरीको भारदहदेखि सुरु भएको चुरे संकल्प पद यात्रा जनकपुरधाम आइपुगेको छ । पद यात्रा तेश्रो दिन आइतबार साँझ जनकपुरधाम आइपुगेको हो । चुरे संरक्षण हुनुपर्ने सहितको सात सुत्रिय मागसहित गत पुस १९ गते सप्तरीको भारदहदेखि अभियानका संयोजक सुनिल यादवको नेतृत्वमा सुरु भएको पद सुरु भएको थियो । चुरे तथा […]

जानकी मन्दिर पर्यटकले भरिभराउ

रासस-जकपुरधाम, पुस २३ गते । विश्वभरीका हिन्दूहरुको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिर पर्यटकले भरिभराउ भएको छ । पुस महिनायता मन्दिरमा पर्यटकको सङ्ख्यामा वृद्धि भएको जानकी मन्दिरका पुजारी मनोज दास बताउँछन् । उनले प्रत्येक वर्ष पुस महिनामा जानकी मन्दिरमा दर्शन गर्ने दर्शनार्थीको भीडभाड हुने गरेको बताए । मन्दिरमा दैनिक सयौँको सङ्ख्यामा नेपालका साथै छिमेकी मुलुक भारतको […]

सर्लाहीको बरहथवामा एक प्रदर्शनकारीको मृत्यु, १० जना घाइते

सामाजिक फीड जनकपुरधाम, पुस २० गते । सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा एक युवकको मृत्यु भएको छ । मृत्यु हुने बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशंकर साह रहेको सिरहाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए । आन्दोलनकारीले उनको झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको दावी गरेका छन् । तर प्रहरीले गोली […]

जनकपुर प्रादे्शिक अस्पतालमा देशमै पहिलो पटक किड्नी माथिको ठूलो ट्युमरको सफल अप्रेसन

समाजिक फीड- जनकपुरधाम, पुस २० गते । प्रादे्शिक अस्पताल जनकपुरमा नेपालमै पहिलो पटक किड्नी माथिको ठूलो ट्युमरको सफल शल्यक्रिया भएको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रोफेसर तथा युरोलोजीस्ट डा. सुधिर सिंहको नेतृत्वको टोलीले करिब २ किलो ६ सय ग्रामको ट्युमर निकालेका हुन् । भरतपुर क्यान्सर अस्पताल देखि लिएर भारतको विभिन्न ठाउँमा उपचारका लागि पुगेका […]

जानकी मन्दिरले राम मन्दिरको प्राण प्रतिष्ठाको लागि पठायो भार

सामाजिक फीड–जनकपुरधाम, पुस १९ गते । भारत उत्तर प्रदेशको अयोध्यामा नव निर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जानकी मन्दिरबाट बाजागाजा सहित भार ९पाहुर० पठाइएको छ ।जनकपुरधामस्थित जानकी मन्दिरको अगुवाईमा आज जनकपुरधामबाट अयोध्या भार यात्राको माध्यमले भार पठाइएको हो। जनवरी ६ तारिखका दिन अयोध्यास्थित रामजन्म भूमि तिर्थ ट्रष्टलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छोटो महन्थ रामरोशन दास […]

महोत्तरीमा क्रूर यातना दिएर हत्या गरेको आरोपमा ‘प्यारे’ पक्राउ

सामाजिक फीड–जनकपुरधाम, पुस १९ गते । क्रूर यातना दिएर हत्या गरि फरार भएका महोतरीको सम्सी गाउँपालिकाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका २ पर्सा बस्ने ४२ वर्षीय प्यारे भन्ने शेष जसाउदिन रहेको प्रहरीले जनाएको छ। उनले २०७९ साल पुस ६ गते अब्दुस सलामको पसलमा काम गर्न राखेका स्थानीय मो। […]

error: Content is protected !!