Samajik Feed – News Portal from Nepal

सिराहामा २६ ग्राम ब्राउनसुगरसहित तीन जना पक्राउ

सामाजिक फीड– जनकपुरधाम, जेठ ७ गते । सिराहा प्रहरीले २६ ग्रामभन्दा बढी प्रतिबन्धित लागूपदार्थ ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही गाउँपालिका-४ का ३२ वर्षीय रामउदगार यादव, सिराहा नगरपालिका–२२ का ३६ वर्षीय राम बिलेक्षण यादव र भारतको विहार राज्य अन्तर्गत मधुवनी ग्राम पञ्चायत खाजेडी–५ का अन्दाजी २१ वर्षीय चन्दन कामती रहेका छन् । जिल्ला […]

जिवनाथ चौधरीलाई सर्वोच्चको झड्का, भ्रष्टाचार मुद्दामा विचाराधीन रहेकाले उनी सरकारको सल्लाहकार बन्न नमिल्ने

सामाजिक फीड– जनकपुरधाम, जेठ ६ गते । भ्रष्टाचार मुद्दामा विचाराधीन रहेका वा दोषी ठहर भइसकेका व्यक्तिलाई सल्लाहकार नियुक्त गर्न नपाइने व्यवस्था गर्न सर्वोच्च अदालतले मधेस प्रदेश सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। मधेस प्रदेश सरकारका तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका जीवनाथ चौधरीलाई सल्लाहकार नियुक्त गरेपछि परेको रिटमाथि […]

जलेश्वर कारागारबाट भागेका २५० कैदीबन्दी अझै फरार

सामाजिक फीड– जनकपुरधाम, जेठ ६ गते । जेन-जी’ आन्दोलनको अवसर पारेर २४ भदौ २०८२ मा महोत्तरीस्थित जलेश्वर कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै २५० जना फरार रहेका छन् । मजलेश्वर नगरपालिका-२ मा रहेको जलेश्वर कारागार तोडेर भागेका कुल ५७६ जना कैदीबन्दीमध्ये हालसम्म ३२६ जना फर्किसकेको जेल प्रशासनले जनाएको छ । जेलर अशोककुमार क्षेत्रीका अनुसार फर्किने क्रम अझै जारी छ […]

सिरहाको लहान, गोलबजार र मिर्चैयामा ६ वर्षमा पनि सडक नबन्दा यात्रु हैरान, चौथो पटक म्याद थप्ने तयारी

सामाजिक फीड– जनकपुरधाम, जेठ ६ गते । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान, गोलबजार र मिर्चैया क्षेत्रमा सडक विस्तारको काम छ वर्षदेखि अधुरै हुँदा यात्रु र स्थानीयले धुलो, हिलो र जामको सास्ती खेप्न बाध्य भएका छन् । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा निर्माण भइरहेको कञ्चनपुर–कमला सडक खण्डको ८६ दशमलव ८३ किलोमिटर सडक आयोजना निर्धारित समयमै पूरा […]

वीरगन्ज महानगरको कडा निर्णय : सेवा बन्द गरेर मन्त्रालयलाई साँचो बुझाइने

सामाजिक फीड–जनकपुरधाम, जेठ ५ गते । वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर चार महिनादेखि जारी विवाद झन् चर्किएको छ । संघ सरकारले विवाद समाधानका लागि कुनै पहल नगरेको भन्दै महानगरपालिकाले सम्पूर्ण सेवा बन्द गर्ने र कार्यालयको साँचो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बुझाउने महानगरले निर्णय गरेको छ । महानगर प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज […]

मधेशमा जसपाको संसदीय दलको नेता को बन्ने विषयमा विवाद चर्कियो, यी हुन् प्रमुख दाबेदारहरु

सामाजिक फीड–जनकपुरधाम, जेठ ५ गते । मधेश प्रदेशमा संसदीय दलको नेता को बन्ने विषयमा जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र विवाद चर्किएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसँग एकीकरणपछि दलको नेता चयनमा विवाद उत्पन्न भएको हो । तत्कालीन जसपा र लोसपा दुबै पार्टीका संसदीय दलका नेताले एकीकृत पार्टीको संसदीय दलको नेतामा दावी गरिरहेका छन् । जसपाभित्रको […]

सिरहामा डोजर लगाएर दलित बस्ती भत्काइँँदा ५० परिवार बिचल्लीमा

सामाजिक फीड–जनकपुरधाम, जेठ ५ गते । सिराहाको नवराजपुर गाउँपालिका-४, नहरनियाँस्थित विपन्न दलित बस्तीमा गाउँपालिकाले डोजर लगाएर घर भत्काइदिएपछि करिब ५० परिवार बिचल्लीमा परेका छन् । ऐलानी जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका स्थानीयको घर वैशाख ३० गते डोजर प्रयोग गरेर भत्काइएको थियो । घर भत्काइएपछि प्रभावित परिवार त्रिपाल टाँगेर बस्न बाध्य भएका छन् । चर्को गर्मी, […]

जनकपुर उच्च अदालतले धमाधम मुद्दा फर्छ्यौट गर्दै, वैशाख महिनासम्म तीन हजार ११५ मुद्दा फर्छ्यौट

सामाजिक फीड–जनकपुरधाम, जेठ ४  गते । जनकपुर उच्च अदालतलेले न्याय सम्पादनमा तिब्रता दिएको छ । चालु आर्थिक वर्षको वैशाखसम्म तीन हजार ११५ मुद्दा फर्छ्यौट गर्दै थप मुद्दामा समेत तिब्रता देखाएको हो । अदालतले लामो समयदेखि विचाराधीन रहेका मुद्दालाई प्राथमिकताका साथ टुङ्ग्याउने अभियान पनि सञ्चालन गरिरहेको जनाएको छ । उच्च अदालतका शाखा अधिकृत गणेश पाण्डेका अनुसार पुरानो […]

मधेस प्रदेशमा सबैभन्दा धेरै एचआइभी एड्सका संक्रमित, दिनदिनै किन बढ्दै छ संख्या ?

सामाजिक फीड–जनकपुरधाम, जेठ ४  गते । देशभरको अनुपातमा मधेस प्रदेशमा सबैभन्दा धेरै एचाआइभी संक्रमित रहेको पाइएको छ । मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा प्रदेशमा एचआईभी संक्रमण पुष्टिको औसत दर ०।६ देखिएको हो। जबकि यसको राष्ट्रिय दर ०.५ प्रतिशत छ। प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी राजवीर यादवका अनुसार एचआईभी संक्रमण दर देशभरको […]

सर्लाहीमा पुर्वाधार कार्यालयबाट बिचौलियाले लगे ७५ लाखको योजनाका चिठ्ठी, दबाब परेपछि फिर्ता लिइयो

सामाजिक फीड–जनकपुरधाम, जेठ १ गते । चौतर्फी दबाब परेपछि सर्लाहीको पूर्वाधार विकास कार्यालय मलङ्गवाले बिचौलियालाई दिएको योजना संचालनको चिठी फिर्ता लिएको छ । कमिसन लिएर कर्मचारीले विचौलियालाई चिठी बेचेको समाचारहरु आएपछि कार्यालयले विचौलियालाई दिएको चिठी फिर्ता लिएर वडा कार्यालयलाई दिएको हो । सडक निर्माणका लागि आएको ७५ लाख रुपियाँको योजनाको चिठी वडा कार्यालयमा आएर उपभोक्ता समिती […]