Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम,असार १ गते ।

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट फरार भएका ९ जनालाई अदालतले दोषी ठहर गर्दै एक वर्ष कैद सजाय सुनाएको छ। धनुषा जिल्ला अदालतका न्यायाधीश शुभाषबाबु पुरीको इजलासले शुक्रबार थुनुवा कक्षबाट भागेको अभियोगमा दायर मुद्दाको अन्तिम फैसला गर्दै एक नाबालकसहित ९ जनालाई दोषी ठहर गरेको हो। उक्त मुद्दाको २९औँ पेशीमा सुनुवाइ सम्पन्न भएपछि अदालतले कैद सजायको फैसला गरेको हो।

अदालतका श्रेस्तेदार दीपक पोखरेलका अनुसार हिरासत कक्ष तोडेर फरार भएको कसुरमा एक वर्ष कैद सजाय तोकिएको छ भने उनीहरूविरुद्धका अन्य मुद्दामा सम्बन्धित कानुनी व्यवस्थाअनुसार छुट्टाछुट्टै फैसला गरिएको छ।
२०८१ असोज ६ गते राति जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षस्थित शौचालयको भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएका थिए। घटनापछि प्रहरीले खोजी अभियान सञ्चालन गर्दै असोज ८ गतेभित्र सबै फरार थुनुवालाई पुनः नियन्त्रणमा लिएको थियो।

फरार हुनेहरूमा धनुषाको विदेह नगरपालिका–७ का रञ्जित मण्डल, रोशनकुमार मण्डल, जनकपुरधाम उपमहानगरपालिका–२० का अमितकुमार झा, जनकपुरधाम–८ का दीप नारायण मुखिया ९दिपेश मुखिया०, औरही गाउँपालिका–२ का विशाल मुखिया, नगराइन नगरपालिका–२ का मनिष मण्डल, जनकपुरधाम–४ का विक्की कार्की, सिरहा नगरपालिका–१३ का अभास्करकुमार यादव तथा एक नाबालक रहेका थिए। उनीहरूविरुद्ध थुनुवा फरार सम्बन्धी मुद्दा दर्ता गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *