राष्ट्रिय प्रजातन्त्र पार्टी मधेश केन्द्रित चुनावी अभियानमा

सामाजिक फीड-जनकपुरधाम, फागुन ७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मधेश केन्द्रित चुनावी अभियान थालेको छ । सप्तरीबाट राप्रपाले आमसभा आयोजना गरि अभियान सुरु गरेको हो । भारदहमा दिउँसो १ बजे हुने आमसभामा राप्रपाका शीर्ष नेताहरू उपस्थित हुनेछन् । फागुन ८ गते शुक्रबार महोत्तरी, सर्लाही, रौतहट र बारामा कोणसभा राखिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए […]
मधेस प्रदेश : कारागारबाट भागेका युवक चोरी गर्दागर्दै पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन ५ गते । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते मकवानपुरको भीमफेदी कारागार तोडेर फरार भएका एक कैदी बारामा चोरी गर्दागर्दै पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय प्रसौनी, बाराबाट खटिएको टोलीले प्रसौनी गाउँपालिका वडा नं. १ बस्ने २६ वर्षीय विशाल मुखियालाई फागुन ४ गते पक्राउ गरेको हो। प्रसौनीस्थित विश्वकर्मा मेटल इन्डस्ट्रिजबाट तामाको तार चोरी […]
मुख्यमन्त्री यादवको योजना : जनकपुर-अयोध्या सिधा उडान सुरु गर्ने तयारी

सामाजिक फीड-जनकपुरधाम, फागुन ४ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न भारतको अयोध्यास्थित राम मन्दिरसँग सिधा हवाई उडानमार्फत जोड्ने पहल भइरहेको बताएका छन्। मिथिला मध्यमा परिक्रमाको अवसरमा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रदेश सरकारले जनकपुर–अयोध्या सम्बन्धलाई प्रगाढ बनाउने योजना अघि सारेको उल्लेख गरे। मुख्यमन्त्री यादवका अनुसार, यस पहलले […]
सर्लाहीमा गोली हानी हत्या गरिएका यादव हिजो मात्र बुवाको काजक्रिया सकाएर गाउँबाट फर्केका थिए

सामाजिक फीड-जनकपुरधाम, फागुन ४ गते । सर्लाहीमा गोली हानी हत्या गरिएका जिल्ला पूर्वाधार कार्यालय सर्लाहीमा कार्यरत्त सब इन्जिनियर प्रमोद कुमार यादव हिजो मात्रै बुवाको काजक्रिया सकाएर मलंगवा फर्केको खुलेको छ । आइतबार बेलुक मलंगवा १० मा ३६ वर्षीय यादवलाई गोली प्रहार गरी हत्या गरिएको थियो । सिराहाको सुखीपुर नगरपालिका ९ बैशााखा घर रहेका यादव हिजो […]
आजबाट मिथिलाको महाकुम्भ सुरु, चुनावले परिक्रमा प्रभावित हुने सम्भावना

सामाजिक फीड-जनकपुरधाम, फागुन ४ गते । धार्मिक आस्थाको उत्सवको रूपमा लिइने मिथिला मध्यमा परिक्रमा आजदेखि सुरु भएको छ। मिथिलाको “महाकुम्भ” भनेर चिनिने यो परिक्रमा आज धनुषाको मिथिला बिहारी नगरपालिका-कचुरीस्थित मठबाट भगवानको डोला निस्केसँगै प्रारम्भ भएको हो। १३३ किलोमिटरको यो पदयात्रा १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिकस्थलहरूको परिक्रमा गर्नेछ । १५ दिने मिथिला मध्यमा परिक्रमाको क्रममा नेपाल […]
चन्द्रनिगाहपुरमा ब्राउन सुगरसहित चार जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन ४ गते । रौतहटको चन्द्रनिगाहपुरमा अवैध लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर बाट खटिएको गस्ती टोलीले आइतबार दिउँसो चन्द्रपुर नगरपालिका का विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। कार्यालयका प्रमुख डीएसपी रुपा लाबुङका अनुसार गोप्य सूचनाको आधारमा गरिएको खानतलासीका क्रममा पहिलो चरणमा चन्द्रपुर-१ बागमतीका ३२ वर्षीय तुलबहादुर […]
गौरको करदाता सेवा कार्यालय सिमरा सार्न लाग्दा घेरे स्थानीय

सामाजिक फीड-जनकपुरधाम, फागुन १ गते रौतहटको गौरस्थित करदाता सेवा कार्यालयको समान सिमरा कर कार्यालय लैजान लागेपछि स्थानीयले घेरेका छन् । शुक्रबार स्थानीय व्यापारी, नागरिक समाज, राजनीति दलका कार्यकर्ताले कार्यालयको समान लोड गरेको गाडी घेरेर राखेका छन् । सरकारले करदाता सेवा कार्यालय खारेज गदै स्थायी लेखा नम्बर पालिकाबाटै वितरण हुने निर्णय गरेपछि गौरस्थित करदाता सेवा कार्यालयको […]
मधेस प्रदेश: नक्कली नोटसहित दुईजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन १ गते रौतहट प्रहरीले नक्कली नेपाली हजार दरका १४ थान नोटसहित दुईजना पक्राउ गरेको छ । बिहीबार अपराह्न करिब ३ बजे वृन्दावन नगरपालिका १ विश्रामपुर बजारस्थित विशाल किराना पसलमा पेट्रोल किन्न पुगेका दुई जनाले नक्कली नोट प्रयोग गर्न खोजेपछि घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो। प्रहरीले वृन्दावन २ विश्रामपुरका […]
महोत्तरीमा ट्याक्टरको रोटाभेटरले काटिएर दुई बालिकाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, माघ २९ गते महोत्तरीमा खेत जोतिरहेको ट्याक्टरको रोटाभेटरले काटिएर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी मटिहानी नगरपालिका ४ मझौराका ईमराईन राईनको छोरी वर्ष ७ की फरहाना खातुन र सिराहाको सिराहा नगरपालिका ११ मरडा बस्ने सम्तुला राईनको छोरी वर्ष ८ की रफिया खातुन रहेकी छन् । प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टका अनुसार […]
जनकपुरमा मृत फेला परेकी युवती नर्स, हत्या भएको आशंका
सामाजिक फीड-जनकपुरधाम, माघ २९ गते जनकपुरधाम उपमहानगरपालिकामा मृत अवस्थामा फेला परेकी युवती नर्स रहेको खुलेको छ । जनकपुरधाम १७ मा मूल सडक भन्दा ५० मिटर भित्रको गोरेटो वाटोमा फेला परेको शव धनुषाको विदेह नगरपालिका घर भई जनकपुरधामको मुर्ली चौकमा रहँदै आएकी २२ वर्षीया अविवाहित नर्स रहेको खुलेको छ । स्थानीयबासिले बुधबार बिहान सडक किनारमा शव देखेपछि […]