Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, जेठ ७ गते ।

नेपाल आयल निगमको अम्लेखगञ्ज डिपोमा पाइपलाइनमार्फत पेट्रोल आयात सुरु भएपछि पेट्रोल आयात दोब्बरले बढेको छ । गत आर्थिक वर्ष १ लाख ८४ हजार किलोलिटर पेट्रोल आयात भएकोमा चालु आर्थिक वर्ष ४ लाख किलोलिटर पुगेको निगमले जनाएको छ । डिजेल आयातमा भने सामान्य वृद्धि भएको छ ।

डिपो प्रमुख अशोक साह का अनुसार पाइपलाइन प्रणाली सञ्चालनपछि देशभरका ठूला सहरमा अम्लेखगञ्जबाटै इन्धन ढुवानी भइरहेको छ । अम्लेखगञ्जबाट थानकोट, पोखरा, विराटनगर, भैरहवा, जनकपुर र वीरगञ्जलगायत २० जिल्लामा इन्धन आपूर्ति हुँदै आएको छ ।

भारतको मोतिहारी बाट पाइपलाइनमार्फत इन्धन ल्याइने गरिएको छ । निगमका अनुसार पाइपलाइन सञ्चालनपछि ढुवानी खर्च घट्नुका साथै तेल चोरी, तस्करी, दुर्घटना र प्रदूषणमा कमी आएको छ । यद्यपि अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिसँगै पछिल्लो समय इन्धनको खपत भने घट्दै गएको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *