Samajik Feed – News Portal from Nepal

सिरहाबाट स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित दुईजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, भदौ १६ गते । सिरहाबाट स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कार चालक सिरहा नगरपालिका वडा नं.१७ माडर बस्ने ५२ वर्षीय प्रेम कुमार यादव र वडा नं. ७ हेमनारायण चौक बस्ने ४२ वर्षीय संजय कुमार साह रहेका छन् । प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रराज पाण्डेका अनुसार […]

बटेश्वर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत महतो हाजिर

सामाजिक फीड-जनकपुरधाम, भदौ १५ गते । बटेश्वर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा राजगिर महतो आएका छन् । नव प्रशासकीय अधिकृतको रुपमा आएका महतो शुक्रबार कार्यालयमा हाजिर भएका हुन् । उनलाई एक कार्यक्रम गरि पालिका जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका छन् ।समान्य प्रशासन मन्त्रालयले यसअघि झण्डै एक वर्ष कार्यकाल सम्हालेका प्रमुख प्रशासकीय अधिकृत सन्तोष शर्माको […]

सर्लाहीमा करेन्ट लागेर एकजनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, भदौ १२ गते । सर्लाहीमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिया घर भएका २८ वर्षीय अशोक चौधरी छन् ।सर्लाहीको हरिवन नगरपालिका २ अत्रौलीमा भइहेको मोटरेवल पुल निर्माणमा खटिएका चौधरीको हाइटेन्सन लाइनको तार छुँदा करेन्ट लागेर उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार करेन्ट लागेर गम्भीर घाइते […]

सिरहामा बाढीले बगाउँदा एकजनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, भदौं ११ गते । सिरहामा सर्रे खोलाको बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको लहान नगरपालिका २४ झुटकीका ३५ वर्षीय शिवनारायण यादव छन् । शनिबार बाढीले बगाएको उनको शव नहरा-भगवानपुर स्थित बलान खोलामा आइतबार फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।उनी शारीरिकरुपमा अशक्त (अपाङ्ग) रहेका थिए ।

आरती साह मृत्यु प्रकरणको उच्चस्तरीय छानबिन समितिद्वारा अनुसन्धान सुरु

रासस-जनकपुरधाम, भदौ ८ गते । धनुषाकी आरती साहको मृत्यु प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीले गठन गरेको उच्चस्तरीय छानबिन समितिले छानबिन सुरू गरेको छ। नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक विकास खनालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरी आरती मृत्यु प्रकरणका सम्बन्धमा सुक्ष्म अनुसन्धान थालिएको हो। समितिले घटनास्थल, मृतकका माइती तथा ससुराली पक्षका आफन्त, छिमेकी, आरेक […]

सिरहामा नक्कली हतियार देखाएर पैसा असुली गर्ने नक्कली सई पक्राउ

सामाजिक फीड-जनकपुरधाम, भदौ ७ गते । सिरहामा नक्कली हतियार देखाएर व्यापारी तथा सर्वसाधारणसंग रकम असुली गर्ने नक्कली सई पक्राउ परेका छन् । बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ मा नेपाल प्रहरीको सदा पोसाकको प्रहरी सहायक निरीक्षक (सई) हुँ भन्दै व्यापारीलाई थर्काउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बलले पक्राउ गरेको हो । पक्राउ पर्नेमा लक्ष्मिपुर पतारी गाउँ पालिका […]

सर्लाहीबाट दुई वटा पेस्तोलसहित दुई जना पक्राउ

सामाजिक फीड- जनकपुरधाम, भदौ ३ गते । सर्लाहीबाट दुई वटा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सर्लाहीको हरिपुर्वा नगरपालिका-६ का प्रकाश यादव र जीवन राय यादव छन् । सशस्त्रको बोर्डर आउट पोस्ट ( बिओपी ) संग्रामपुरले शनिबार राति दुबैजनालाई पेस्तोल र गोलीसहित पक्राउ गरेको हो । उनीहरू बिआर१९जीए ४१४१ नम्बरको मोटरसाइकलमा राति पर्सा […]

जनकपुर-ढल्केवर सडक खण्डमा एक अपरिचित युवकको शव फेला

सामाजिक फीड-जनकपुरधाम, साउन ३२ गते । जनकपुर- ढल्केवर सडक खण्डमा एक युवक मृत फेला परेका छन् । धनुषाको मिथिला नगरपालिका २ विशालबजार स्थित सडकमा अन्दाजी २२ वर्षीय अपरिचित युवकको शव फेला परेको हो । आज बिहान गाडीले ठक्कर लागेर टाउको फुटेर मृत्यु भएको जस्तो देखिने अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि […]

महोत्तरीमा ट्याक्टरले किचिएर एक जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, साउन ३१ गते । महोत्तरीमा ट्याक्टरले किचिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका ४ का ३५ वर्षीय कृष्णकुमार मिश्र छन् । बुधबार ज १ त ८१५३ नम्बरको ट्याक्टरबाट खेत जोतिरहेको बेला ट्याक्टर पल्टिदा उनको किचिएर मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । स्थानीयले उद्धार गर्ने […]

ल्यापट चोर्न मिर्चैया खानेपानी संस्थाका सुरक्षागार्डको हत्या, दुईजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, साउन २८ गते । साना सहरी तथा खानेपानी संस्था मिर्चैयाका सुरक्षागार्डको हत्या घटनाका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । घटनाको डेढ महिनापछि प्रहरीले आइतबार दुई जना अभियुक्तलाई सार्वजनिक गरेको हो । अभियुक्तहरूमा मिर्चैया नगरपालिका-७ का २२ वर्षीय रविन सदा र मिर्चैया-५ का २० वर्षीय दीपक सदा छन् । खानेपानी संस्थामा सुरक्षार्थ खटिँदै आएका […]

error: Content is protected !!