सामाजिक फीड-
जनकपुरधाम, माघ २५ गते
महोत्तरी प्रहरीले ६ क्विन्टल (६०४ किलो) गाँजासहित एक ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।
भंगाहा नगरपालिका–६ मजरा स्थित बर्दिबास–जलेश्वर सडकखण्डमा जलेश्वरतर्फ गइरहेको प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकलाई शंका लागेपछि प्रहरीले जाँच गरेको थियो। चेकजाँचका क्रममा ट्रकको हुडमा कालो प्लास्टिकले बेरिएको अवस्थामा लुकाइ राखिएको रातो प्लास्टिकको ४० वटा पोकामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी नन्दकिशोर प्रसाद चौहानले जानकारी दिए ।
गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा ट्रक चालक, उदयपुर कटारी नगरपालिका–१ निवासी २३ वर्षीय गणेश बहादुर विश्वकर्मालाई नियन्त्रणमा लिइएको छ । हाल प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।