Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
माघ २० गते – जनकपुरधाम

जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकमा शनिबार व्यवसायी मुकेश प्रसाद यादवमाथि फलामका रड प्रहार गरी सामूहिक आक्रमण भएको छ। बरहथवा नगरपालिका–८ निवासी ३७ वर्षीय यादव गम्भीर घाइते भएका छन्। जनकपुरमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि ललितपुरको बी एण्ड बी अस्पताल रिफर गरिएको छ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार आक्रमणमा फेकु साह (४८) र उनका तीन छोरासहित अमित साह (१९), तुल्सी साह (२४), सुभाष साह (१९), तथा भारत बिहारका १७ वर्षीय विकास कुमार साह संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनापछि फेकु साहसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार मुकेश र फेकुले कबाड संकलन सम्बन्धी टेण्डर संयुक्त रूपमा लिएका थिए। सोही विषयमा छलफल गर्न मुकेश सर्लाहीको बरहथवा नगरपालिका–१३ का वडाध्यक्ष जागिर दर्जीलाई लिएर जनकपुर आएका थिए। विवाद बढ्दै जाँदा फेकु र उनका छोराहरूले यादवमाथि कुटपिट गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!