सामाजिक फीड-
जनकपुरधाम, माघ १९ गते ।
आफूलाई नेपाल प्रहरीका डिएसपी भन्दै ठगी गरेको आरोपमा धनुषाबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको लाहान नगरपालिका २० बस्ने ३० वर्षीय दिपक भनिने धनिकलाल साह छन् ।
इलाका प्रहरी कार्यालय ढल्केबरको टोलिले उनलाई धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ बाट पक्राउ गरेको हो ।
दिपकले डिएसपी भन्दै ५० हजार रुपैयाँ ठगी गरेको भन्ने जाहेरीको आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए । उनलाई ठगी कसुरमा धनुषा जिल्ला अदालतबाट म्याद थप लि अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।