सामाजिक फीड-
जनकपुरधाम, माघ २० गते ।
महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका–१ का ५६ वर्षीय जोगेन्द्र महराको गएराति निधन भएको हो।
कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीका अनुसार महराले पेट दुख्ने समस्या झेल्दै आएका थिए। अचानक अवस्था गम्भीर भएपछि मध्यराति उनलाई उपचारका लागि प्रादेशिक अस्पताल, जलेश्वरमा भर्ना गरिएको थियो । “उनी ग्यासको ट्याब्लेट सेवन गर्दै आएका थिए। राति अचानक पेट अत्यधिक दुखेपछि अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा राति २ः३० बजेतिर डाक्टरले उनलाई मृत घोषित गरे,“ क्षेत्रीले जानकारी दिए।
महरालाई २०३८ सालमा गाउँकै एक जमिन्दारको खेतमा आगजनी गरेको अभियोगमा धनुषा जिल्ला अदालतले दोषी ठहर गरेको थियो। घटना पश्चात फरार रहेको सूचिमा रहेका उनलाई करिब दुई वर्षअघि धनुषा प्रहरीले पक्राउ गरी कारागार चलान गरेको थियो।